सिटिइभिटीको उपाध्यक्षमा मोहम्मद सफी उल्लाह मनोनित
काठमाडौं। प्राविधि शिक्षा तथा व्यवसायिक तालीम परिषद्(सिटिइभिटी)को उपाध्यक्षमा मोहम्मद सफी उल्लाह मनोनित भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सिटिइभिटीको उपाध्यक्षमा मनोनित गरेको हो।
मन्त्रिपरिषद्को बैठक निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मोहम्मद सफी उल्लाह, रौतहटलाई सिटिईभिटीको उपाध्यक्षमा मनोनित गरिएको जानकारी दिए।
सहकारीमा भएको बेथिति छानबिन तथा जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय भएको सञ्चारमन्त्री खरेलले जनाए।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस