पशुपति क्षेत्रभित्र वडा कार्यालयको कमपाउण्डमा रहेको शिवलिङ्गको कन्तबिजोग
काठमाडौं। पशुपति क्षेत्र विकास कोषभित्र वडा कार्यालयको कम्पाउण्डमा रहेको ऐतिहासिक शिवलिङ्ग कन्तबिजोग अवस्थामा रहेको पाइएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ८ को कार्यालय, जयबागेश्वरीको कम्पाउण्डभित्र रहेको पुरातात्त्विक महत्त्वको शिवलिङ्ग बेवारिसे अवस्थामा रहेको पाइएको हो।
काठमाडौं महानगरपालिका वडा नम्बर ८ ले पशुपति क्षेत्र विकास कोष कै जग्गामा बडेमानको वडा भवन बनाएको छ। उक्त भवनको कम्पाउण्डमा रहेको ऐतिहासिक र पुरातात्त्विक महत्त्वको शिवलिङ्ग भने आधा ढलेको अवस्थामा रहेको पाइन्छ। कोषको जग्गामा भवन निर्माण गर्ने वडा कार्यालयले शिवलिङ्गलाई भने पुरै बेवास्ता र बेवारिसे बनाएको देखिन्छ। उक्त विषयमा पुरातत्त्व विभागले खोजबिन गर्न जरूरी छ।



तपाईको प्रतिक्रिया दिनुहोस