यी हुन् रास्वपाबाट समानुपातिक सांसद भन्ने सम्भावित व्यक्तिहरू
काठमाडौं। निर्वाचन आयोगले समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा पुऱ्याएको छ। बुधबार बिहानसम्म मतगणना सक्ने आयोगको तयारी छ। अहिलेको मत परिणाम अनुसार समानुपातिक निर्वाचन प्रणालीमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) पहिलो भएको छ। समानुपातिकमा साढे ५१ लाख मत पाएको रास्वपाले ५७ देखि ५८ सांसद पाउनेछ।
महिला ३३ प्रतिशत पुऱ्याउनु पर्ने भएकाले रास्वपाले समानुपातिकमा मात्र ४८ जना महिला पठाउनु पर्ने देखिन्छ। रास्वपाले प्रत्यक्षतर्फ ११२ जना पुरुष र १३ जना महिलाहरूले प्रत्यक्षतर्फ चुनाव जितेकाले ३३ प्रतिशत पुऱ्याउन अब ४८ जना महिला पठाउनु पर्ने भएको हो।
खस आर्य, जनजाती, मधेशी, दलित, थारु, मुस्लिम क्लस्टरलाई आवश्यक प्रतिशतका आधारमा समानुपातिकबाट पूर्ति गर्नु पर्ने हुन्छ। त्यसैले ९/१० जना मात्र पुरूष रास्वपाको समानुपातिकमा पर्नेछन्।
अहिले रास्वपाको समानुपातिकमा जाने महिलाहरूमा खस आर्यबाट प्रतिभा रावल, रचना खतिवडा, लिमा अधिकारी, विदुषी राणा, समीक्षा बाँस्कोटा, श्रद्धा कुँवर क्षेत्री, टिका सङ्ग्रौला, क्रान्तिशिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुषाल, प्रभा कार्की, शोभा खनाल, रत्ना कुमारी थापा र ज्ञानु पौडेलको सम्भावना छ।
दलित महिलाबाट रिमा विश्वकर्मा, अमृता विक, सिता वादी, स्मृति सेञ्चुरी, सुस्मा स्वर्णाकार र तारा विश्वकर्माको सम्भावना देखिन्छ।आदिवासी/जनजातिबाट बशुमाया तामाङ, गंगा छन्त्याल, सुन्निमा उदास, अनुष्का श्रेष्ठ, ओजश्वी शेरचन, सृजना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम मर्हजन, भूमीका श्रेष्ठ, प्रमिला कुलुजु, सुजता तामाङ, कृपा मर्हजन, एलिजा गुरुङ र जीना विष्ट सांसद बन्ने सम्भावना छ।
मधेशीबाट पुनम कुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामीनी कुमारी, सुनिता कुमारी चौधरी र पुनम साह तथा थारूबाट गिता चौधरी, उर्मिला चौधरी र करिश्मा कठरियाले समानुपातिक प्रतिनिधित्व गर्ने देखिन्छ। मुस्लिम महिलाबाट समिना मियाँ र अफ्सना बानु समानुपातिक सांसद बन्ने सम्भावना छ।
खस आर्य पुरुषमा रमेश प्रसाईं, सुदीप ढकाल र प्रमोद न्यौपानेको सम्भावना छ। आदिवासी/जनजातिबाट डा.राम लामा र खुश्बु सरकार श्रेष्ठ सांसद बन्ने सम्भावना छ। मधेशीबाट सुप्रभात यादव र खगेन्द्र कर्ण, दलितबाट प्रकाशचन्द्र परियार र थारूबाट सुरेन्द्र चौधरी रास्वपाबाट समानुपातिक सांसद बन्ने सम्भावना छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस