लागु पदार्थको दुर्व्यसनबाट युवालाई बचाउनु सबैको दायित्व: गृहमन्त्री खाँण

रिकभरिङ नेपालका अध्यक्ष शर्मासहित विभिन्न व्यक्ति तथा संस्था सम्मानित


काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले लागु पदार्थको दुर्व्यसनबाट युवालाई बचाउनु सबैको दायित्व भएको बताएका छन् । लागु औषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा गृह मन्त्रालयले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री खाँण उक्त कुरा बताएका हुन् । साथै उनले लागुपदार्थको दुर्व्यसनबाट नागरिकको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको धारणा राखे ।

मुलुकभर हुने आपराधिक गतिविधिमध्ये ८ प्रतिशतभन्दा बढी लागु पदार्थसँग सम्बन्धित रहेको जनाउँदै गृहमन्त्री खाँणले लागु पदार्थसँग सम्बन्धित अपराधमा दोषी देखिएका ६ हजार बढी बन्दी कारगारमा रहेकाे आँकडा प्रस्तुत गरे ।

युवा पुस्ताको भविष्य सुन्दर बनाउन सरकारले आगामी दिनमा जन जागरुकताका कार्यक्रम ल्याउनु पर्ने उनको भनाइ छ । ‘पाठ्यपस्तकमा लागु औषध दुर्व्यसन  असरबारेका विषयबस्तु समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी गराउनुपर्छ । दुर्व्यसनीमा फसेका युवाहरुलाई सुधार्न विषेश अभियान सञ्चालन गर्नुपर्छ ।’, गृहमन्त्री खाँणले भने ।

कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे र नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहलगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा रिकभरिङ नेपालका अध्यक्ष विष्णु शर्मासहित विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com