स्वास्थ्यमा उच्च अधिकारीकाे सरुवा, मन्त्रीलाई झुक्याएर गलत निर्णय गराउने पौडेल र सापकोटा काठमाडौँ बाहिर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महाशाखा प्रमुखहरूको सरुवा गरेको छ। वर्षौंदेखि मन्त्रालयमा बसेर तरमारिरहेका कर्मचारीहरूको सरुवा र काज फिर्ता गरिएको हाे ।
स्वास्थ्य तथा जनसङ्ख्या खानेपानीमन्त्री निशा मेहताले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका सबै महाशाखाका प्रमुखहरू हेरफेर गरेकी हुन्।
विशेषगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीलाई झुक्याएर गलत निर्णय गराई विवादमा ल्याउने समन्वयमा शाह प्रमुख भीमप्रसाद सापकोटा र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलको काठमाडौँ बाहिर सरुवा गरिएको छ ।
समन्वय महाशाखा प्रमुख भीमप्रसाद सापकोटालाई हेटौँडास्थित किटजन्य प्रयोगशालामा पठाइएको छ । उनको स्थानमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रकी प्रमुख यशोदा अर्याललाई समन्वयमा महाशाखा ल्याइएको छ। गुणस्तर महाशाखा प्रमुख डा. सरोज शर्माको वीर अस्पताल काज फिर्ता गरिएको छ र उनको ठाउँमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रोशन न्यौपानेलाई ल्याइएको छ ।
हाल फाजिलमा रहेका डा. गुणनिधि शर्मालाई नीति योजना महाशाखाकाे जिम्मेवारी दिएको छ । राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको निर्देशकमा डाक्टर प्रकाश शाहलाई जिम्मेवारी दिने तयारी भएको छ ।
नीति योजना महाशाखामा कार्यरत डा. चुमनलाल दासलाई नारायणी अस्पताल पर्सामा काज फिर्ता गरिएको छ ।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलको पनि काज फिर्ता गरी गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा गरिएको छ।
डाक्टर पौडेल र सापकोटा सरकारको कारबाहीमा परेका पात्र हुन् र उनीहरूमाथि जथाभावी मन्त्रीलाई झुक्याएर निर्णय गराएको आराेप सहित स्पष्टीकरण साेधिएकाे छ ।
क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस