बागमती नदी किनारमा असुरक्षित ढंगले बस्नेहरू ठाउँ छाड्न थाले, वास्तविक सुकुम्बासीको व्यवस्थापन हुने
काठमाडौं। बागमती नदी किनार अतिक्रमण गर्नेहरू ठाउँ छाड्न थालेका छन्। जोखिमपूर्ण बस्तीका रूपमा रहेको थापाथली, गैरीगाउँ लगायतका क्षेत्रमा बसेकाहरूले सामान सार्न थालेका छन्। बर्खायाममा नदी किनारमा बसेकाहरू उठिबास हुने भएकाले बालेन सरकारले बेलैमा व्यवस्थापन गर्न खोजेको हो। सरकारको अभियानलाई साथ दिँदै नदी किनारमा अव्यवस्थित रूपमा बसोबास गरिरहेकाहरू सुरक्षित स्थानमा सर्न थालेका हुन्।
विगतमा बाढीले थापाथली किनारमा रहेको अतिक्रमित बस्ती डुबाउन परेपछि सरकारको चर्को आलोचना हुने गरेको छ। जेठ/असारमा उक्त बस्ती पुरै डुबानमा पर्ने र उठिबास हुने गरेको छ। उक्त कुरालाई मध्यनजर गर्दै बालेन सरकारले बेलैमा व्यवस्थित गर्न खोजेको हो। बालेन सरकारको योजना बुझेर उनीहरू ठाउँ छाड्न थालिसकेका छन्।
३ वर्ष बढी काठमाडौं महानगरपालिकाको नेतृत्व गरेका बालेन्द्र शाह (बालेन) नदी किनारमा कति सुकुम्बासी छन् भन्न कुरामा जानकार छन्। उनीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने कार्ययोजना समेत बालेनसँग नहुने कुरै भएन। बालेन सरकारले वास्तविक सुकुम्बासीलाई सुरक्षित ठाउँमा स्थानान्तरण र व्यवस्थापन गर्ने तयारी समेत सुरु गरेको छ। सुकुम्बासीका नाममा भोट बैंक बनाएकाहरू समस्या समाधान गर्न कहिल्यै तयार भएका थिएनन्। बालेन सरकारले भने एक्सन सुरू गरेको हो। वास्तविक सुकुम्बासीको बसोबासको दिगो व्यवस्थापन गर्न बालेन सरकार सक्रिय देखिन्छ। सुकुम्बासी देखाएर राजनीतिक गर्दै आएका राजनीतिक दलका नेताहरू बालेनले वास्तविक सुकुम्बासीको व्यवस्थापन गर्न खोजेपछि मान्छे उचाल्न थालेका छन्। यसमा सरकार सचेत भएर कदम चाल्नुपर्छ।
क्याटेगोरी : विविध


तपाईको प्रतिक्रिया दिनुहोस