ई-पासपोर्ट घोटाला प्रकरणमा अख्तियारले सोधपुछ कागज गरेका परराष्ट्रका उच्च पदस्थहरू


काठमाडौं। ई-पासपोर्ट घोटाला प्रकरणमा अख्तियारले परराष्ट्र मन्त्रालयका आधा दर्जन उच्च पदस्थलाई सोधपुछ कागज गरेको खुलेको छ। राहादानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित झन्डै डेढलाई गएको भ्रष्टाचार मुद्दामा तत्कालीन परराष्ट्र मन्त्रालयका आधा दर्जन उच्च पदस्थले सोधपुछ कागज गरेका हुन्। जसमा मन्त्री, सचिव र सहसचिव रहेका छन्।
ई-पासपोर्ट घोटाला प्रकरणमा तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अख्तियारमा गएर सोधपुछ कागज गरेको पाइन्छ। त्यस्तै परराष्ट्र सचिव अमृतबहादुर राई र तत्कालीन परराष्ट्र सचिव (हाल बेल्जियमको राजदूत) सेवा लम्सालले पनि अख्तियारका अनुसन्धान अधिकृत समक्ष सोधपुछ कागज गरेका हुन्। उनीहरूमाथि सोधपुछ कागज भएपनि भ्रष्टाचार मुद्दा भने नलागेको छैन।
ई-पासपोर्ट घोटालामा सोधपुछ कागज गर्नेमा परराष्ट्र मन्त्रालयका तीन सहसचिव रहेका छन्। परराष्ट्र सेवाका सहसचिवहरू शरदराज आरन, लक्ष्मण खनाल र सुरेश अधिकारीले उक्त प्रकरणमा सोधपुछ कागज गरेका हुन्।
अख्तियारसमक्ष सोधपुछ कागज गर्ने सहसचिव आरन हाल अमेरिकाको वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासमा कार्यवहाक राजदूतको भूमिकामा रहेका छन्।  त्यस्तै सोधपुछ कागज गर्ने परराष्ट्र मन्त्रालयका तत्कालीन सहसचिव लक्ष्मण खनाल अहिले अमेरिकाको सान्स फ्रान्सिस्कोमा महावाणिज्यदूतको भूमिकामा छन्। उक्त महावाणिज्यदूतावास बजेट भाषण मार्फत खारेज भइसकेपनि उनी नेपाल फर्किसकेका छैनन्।
ई-पासपोर्ट घोटाला प्रकरणमा परराष्ट्र मन्त्रालयका तत्कालीन प्रशासन महाशाखा प्रमुख सहसचिव सुरेश अधिकारीले पनि अख्तियारमा कागजी बयान गरेका छन्। उक्त प्रकरणमा मुछिएका अधिकारी हाल अमेरिकाको  डालस (टेक्सास राज्य)का महावाणिज्यदूत हुन्। बालेन सरकारले हुलाकलाई प्राथमिकमा राखेको छ। हुलाकबाटै जनताको घरदैलोमा ‘डेलिभरी’ दिने सरकारको नीति रहेको पाइन्छ। तर, यिनै अधिकारी परराष्ट्र मन्त्रालयको प्रशासन महाशाखा प्रमुख हुँदा कमिसनको चक्करमा हुलाकसँगको सम्झौता खारेज गरिएका थिए। कमिसनको चक्करमा निजी कुरियरसँग सम्झौता गर्न हुलाकसँगको सम्झौता खारेज ‘गरेबापत’ डालसको महावाणिज्यदूत भएका अधिकारीमाथि बालेन सरकारले आवश्यक छानबिन गर्न जरूरी छ। ई- पासपोर्ट प्रकरणमा भने कागजी बयान गरेर उनी उम्किसकेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ