यस वर्ष दुई दर्जन सचिव घर जाने सूचीमा
काठमाडौं। यस वर्ष झन्डै दुई दर्जन विशिष्ट श्रेणी (सचिव) घर जाने सूचीमा छन्। राष्ट्रिय किताबखाना (निजामती) आर्थिक वर्ष २०८३/८४ मा विशिष्ट श्रेणीका २० जना सचिव अवकाशमा जाने जनाएको छ। तर, स्वास्थ्य लाइभले अध्ययन गर्दा चालू आर्थिक वर्ष २०८३/८४ मा २२ जना विशिष्ट श्रेणी (सचिव) घर जाने सूचीमा देखिन्छन्। साउनमा ४ सचिव, भदौमा ३, असोजमा ५, पुसमा २, माघमा १, फागुनमा १, चैतमा १, वैशाखमा १, जेठमा २ र असारमा २ गरी २२ सचिव (विशिष्ट श्रेणी) अनिवार्य अवकाशमा जाने सूचीमा छन्। १ दर्जन सचिव मात्र ३ महिनाभित्रै अवकाशमा जाँदैछन्। कोही ५ वर्षे सचिवको सेवा अवधि त कोही ५८ वर्ष उमेर पूरा पूरा भएर अनिवार्य अवकाशमा जान लागेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव किरणराज शर्मा साउन ३ गतेबाट (पर्सिको दिन) अनिवार्य अवकाशमा जान लागेका छन्। मुख्यसचिव बन्न नपाएको झोंकमा बिदामा बसेका सचिव शर्मा ५ वर्षे सचिवको अवधि पूरा भएर घर जान लागेका हुन्। साउनबाट बढेको तलब पाउने भएकाले राजीनामा नदिइ बिदामा बसेका सचिव शर्मा घर जाने तरखरमा देखिन्छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा रहेका सचिव लोकनाथ पौड्याल साउन ६ गतेबाट अनिवार्य अवकाशमा जाने सूचीमा छन्। प्रधानमन्त्री कार्यालयको जगेडामा थन्क्याइएका सचिव पौड्याल ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जान लागेका हुन्। उनको जागिर हप्ता दिन पनि बाँकी छैन।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा रहेका सचिव हरिप्रसाद मैनाली साउन १८ गतेबाटै अनिवार्य अवकाशमा जाँदैछन्। उनी सचिवको ५ वर्षे कार्य अवधि पूरा गरेर घर जान लागेका हुन्। प्रधानमन्त्री कार्यालय कै सचिव गोविन्दप्रसाद शर्मा साउन २४ गते ५ वर्ष पूरा सचिव भएर घर जान लागेका छन्। सचिवहरू पौड्याल, मैनाली र शर्मा एक महिनाभित्रै घर जाने भएपछि राधिका अर्याल मात्र प्रधानमन्त्री कार्यालयको जगेडामा रहने देखिन्छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सचिव डिल्लीराम शर्मा भदौ २ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। उनी ५ वर्ष सचिव चलाएर घर जान लागेका हुन्। बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी भदौ ४ गतेबाट अनिवार्य अवकाशमा जाँदैछन्। उनी ५८ वर्ष पूरा भएर घर जान लागेका हुन्। भदौ १५ गते गृहसचिव राजकुमार श्रेष्ठ अवकाशमा जाने सूचीमा छन्। ५ वर्ष सचिव चलाएर श्रेष्ठ अवकाशमा जान लागेका हुन्।
पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल असोज १३ गते अनिवार्य अवकाशमा जाँदैछन्। जल तथा ऊर्जा आयोगका सचिव सरजुकुमार वैद्य असोज १५ गते (त्यसको पर्सिपल्ट) अनिवार्य अवकाशमा जाने सूचीमा छन्। प्राविधिक सचिवहरू गोपाल ५ वर्ष सचिव चलाएर र सरजु ५८ वर्ष पूरा भएर घर जान लागेका हुन्।
महान्यायाधिवक्ता कार्यालयका सचिव (नायब महान्यायाधिवक्ता) सञ्जीवराज रेग्मी असोज १७ गते अनिवार्य अवकाशमा जाँदैछन्। सोही दिन उपमहालेखापरीक्षक (सचिव) बैकुण्ठबहादुर अधिकारी अवकाशमा जाने सूचीमा छन्। दुबै जना ५८ वर्ष पूरा भएर घर जान लागेका हुन्। राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ असोज १८ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। ५ वर्ष सचिव चलाएर उनी अवकाशमा जान लागेका हुन्।
महिला, बालबालिका, यौनिक तथा लैङ्गिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णबहादुर राउत पूस २० र राष्ट्रपति कार्यालयका सचिव महादेव पन्थ पुस मसान्तभित्र अवकाशमा जाने सूचीमा छन्। राउत ५ वर्ष सचिव चलाएर अवकाशमा जाने सूचीमा परेका हुन्। महादेव पन्थ भने ५८ वर्ष पूरा भएर घर जान लागेका छन्। भाइ रविलाल घर गएको ३ महिनापछि दाइ महादेव घर जाने सूचीमा परेका हुन्।
निर्वाचन आयोगका सचिव रामेश्वर दंगाल माघ १६ गते र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला फागुन ४ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। सचिवद्वय दंगाल र निरौला ५ वर्ष सचिव चलाएर घर जाने सूचीमा परेका हुन्। विज्ञान प्रविधि तथा नवप्रवर्तत मन्त्रालयका सचिव दिनानाथ मिश्र चैत २ गते अनिवार्य अवकाशमा जाँदैछन्। उनी ५८ वर्ष पूरा भएर अवकाशमा जान लागेका हुन्।
सम्वत् फिरेपछि २०८३ वैशाख ५ गते लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री अनिवार्य अवकाशमा जाने सूचीमा छन्। उनी ५८ वर्ष पूरा भएर चालू आर्थिक वर्षभित्रै घर जाने सूचीमा परेका हुन्।
महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता (सचिव) लोकराज पराजुली जेठ १० गते अवकाशमा जाने सूचीमा छन्। उनी ५८ वर्ष लागेर अवकाशमा जान लागेका हुन्। जेठ ३१ गते रक्षा सचिव केदारनाथ शर्मा अनिवार्य अवकाशमा जाने सूचीमा छन्। उनी ५८ वर्ष पूरा भएर अवकाशमा जाने सूचीमा परेका हुन्।
कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल असार १४ गते र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल असार २३ गते अवकाशमा जाने सूचीमा छन्। पौडेल र दाहाल ५८ वर्ष पूरा भएर अवकाशमा जान लागेका हुन्।
कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल र लुम्बिनीका प्रमुख सचिव कृष्णप्रसाद काप्री १ वर्षभित्रै अवकाशमा जाने सूचीमा रहेकाले सरकारले उनीहरूलाई संघमा प्राथमिकता दिएर ल्याउन सक्छ।
अवकाशको सूचीमा रहेका सहसचिवहरू
राष्ट्रिय कितावखाना (निजामती)का अनुसार ठूलो संख्यामा सहसचिवहरू पनि चालू आर्थिक वर्षमा घर जाने सूचीमा छन्। ५८ वर्ष पूरा भएर उनीहरू अनिवार्य अवकाशमा जान लागेका हुन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव हेमराज सुवेदी साउन ५ गते, महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता घनश्याम ओझा साउन ७ गते पूर्वाधार विकास मन्त्रालयका (इन्जिनियरिङ) सहसचिव दिपककुमार दास साउन ७ गते लुम्बिनी अस्पताल बुटवल एघारौं विष्णुप्रसाद शर्मा साउन १७, लुम्बिनी अस्पताल कै एघारौं प्रभाकर कुमार चौधरी साउन १७ गते र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (सहसचिव) सरोजप्रसाद गुरागाई साउन २० गते ५८ वर्ष पूरा भएर अवकाशमा जान लागेका हुन्।
नापी विभागका उपमहानिर्देशक सहसचिव कृष्णप्रसाद सापकोटा (इन्जिनियरिङ) भदौ २ गते, रक्षा मन्त्रालयका सहसचिव मनोजकुमार आचार्य भदौ ६ गते सहसचिव श्रीकृष्ण नेपाल भदौ १५ गते, भाषा आयोगका सचिव (सहसचिव) रमेश प्रसाद मैनाली भदौ २१ गते, महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता गोपाल लामिछाने भदौ २४ गते र परराष्ट्र मन्त्रालय सहसचिव भृगु ढुंगाना भदौ २७ गते ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जाने सूचीमा छन्।
विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय सहसचिव शैलेशकुमार झा (इन्जिनियरिङ) असोज ३ गते, कोशी प्रदेशका कृषि सचिव (सहसचिव) पशुपति ढुंगाना असोज ३ गते, बागमती प्रदेश लोक सेवा आयोग सचिव (सहसचिव) तुलसीनाथ गौतम सहसचिव असोज असोज १३, सुदूरपश्चिम प्रदेशका सचिव (सहसचिव) ओम बहादुर खड्का असोज १४ गते, मधेश प्रदेशका सचिव (सहसचिव)जयकुमार घिमिरे असोज १४ गते, लुम्बिनी प्रदेशका सचिव (सहसचिव) विनोद लामिछाने असोज १४ गते,राष्ट्रपति कार्यालय सहसचिव सन्तोषकुमार दाहाल असोज २२, कोशी प्रदेशका सचिव (सहसचिव)पुष्करप्रसाद पोखरेल (इन्जिनियरिङ) असोज २३ गते, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका सहसचिव रविन्द्र महर्जन (वन) असोज २४ गते, वैदेशिक रोजगार बोर्डको सचिवालय चन्द्रबहादुर शिवाकोटी असोज २७ गते र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लेखनाथ ज्ञवाली असोज २७ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्।
राष्ट्रिय तथ्याङ्क कार्यालय सहसचिव शरदकुमार शर्मा कार्तिक ४ गते, राष्ट्रिय योजना आयोगका सहसचिव हरिशरण पुडासैनी कार्तिक ६ गते, विशेष सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता गंगाप्रसाद पौड्याल कार्तिक १२, पूर्वाधार विकास मन्त्रालयका सहसचिव महेशचन्द्र न्यौपाने (इन्जिनियरिङ) कार्तिक १६ गते, पूर्वाधार विकास मन्त्रालय कै सहसचिव हरिकुमार पोखरेल (इन्जिनियरिङ) कार्तिक १६ गते, सुदूरपश्चिम प्रदेशका सचिव (सहसचिव) दीर्घनारायण कोइराला (वन) कार्तिक १७ गते र थारू आयोगका सचिव (सहसचिव) रूद्रप्रसाद लामिछाने कार्तिक १८ गते ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जान लागेका हुन्।
सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका सहसचिव सुशील ढकाल मंसिर ११ गते, दोलखाका प्रमुख जिल्ला अधिकारी (सहसचिव) हरिप्रसाद घिमिरे मंसिर १४, वन तथा भू-संरक्षण विभाग उपमहानिर्देशक (सहसचिव) दिपक ज्ञवाली मंसिर १९ गते भवन विभाग पुल दरबन्दीमा रहेका सहसचिव मनिषकुमार अर्याल (इन्जिनियरिङ) मंसिर २३ गते र ऊर्जा मन्त्रालयका सहसचिव सुमनकुमार रेग्मी (इन्जिनियरिङ) मंसिर २८ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्।
लुम्बिनी प्रदेश लोक सेवा आयोगका सचिव (सहसचिव) खिमबहादुर रायामाझी पुस ८ गते, वन अनुसन्धान प्रशिक्षण केन्द्र सहसचिव निरञ्जन श्रेष्ठ पुस ८ गते, विद्युत विकास विभाग उपमहानिर्देशक (सहसचिव) श्यामकिशोर यादव (इन्जिनियरिङ) पुस १० गते, पू्र्वाधार विकास मन्त्रालयका सहसचिव रूद्रप्रसाद पण्डित पुस १८ गते र कृषि विभागका सहसचिव टिकाराम शर्मा पुस २३ गते अनिवार्य अवकाशमा जान लागेका हुन्।
ल्हासाका महावाणिज्यदूत (सहसचिव) लक्ष्मीप्रसाद निरौला माघ २ गते, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहसचिव प्रदीपकुमार कोइराला माघ ५ गते, लुम्बिनी प्रदेशका सचिव (सहसचिव) चूर्णबहादुर ओली (इन्जिनियरिङ) माघ ९ गते, झापाका प्रमुख जिल्ला अधिकारी (सहसचिव) शिवराम गेलाल माघ १२ गते, महालेखापरीक्षकको कार्यालयका सहसचिव (लेखापरीक्षण) जयराम घिमिरे माघ २५ गते र नारायणी अस्पतालका एघारौं तह चुमनलाल दास माघ २६ गते अनिवार्य अवकाशमा जाने सूचीमा परेका छन्।
स्वास्थ्य सेवा विभागका एघारौं तह केशवराज पण्डित फागुन ५ गते, नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी (सहसचिव) दिपकराज नेपाल फागुन १० गते, नेपाल ट्रष्टको कार्यालयका सहसचिव राजेन्द्रदेव पाण्डे फागुन १० गते, वन अनुसन्धान प्रशिक्षण केन्द्रका सहसचिव राजेन्द्रकुमार बसुकला फागुन १० गते र ठूला करदाता कार्यालय प्रमुख (सहसचिव) केदारनाथ शर्मा फागुन १३ गते अवकाशमा जाने सूचीमा छन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका एघारौं तह नरेन्द्र विक्रम गुरुङ चैत ७ गते, लोक सेवा आयोगका सहसचिव तेजप्रसाद दाहाल चैत ७ गते, पाँचथरका प्रमुख जिल्ला अधिकारी (सहसचिव) बासुदेव दाहाल चैत ९ गते अनिवार्य अवकाशमा जान लागेका हुन्।
सडक विभाग उपमहानिर्देशक (सहसचिव) उमेश बिन्दु श्रेष्ठ (इन्जिनियरिङ) २०८४ वैशाख १ गते, घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (सहसचिव) चन्द्रप्रसाद भुसाल वैशाख १ गते, संसद् सचिवालयका सहसचिव कान्छा दुलाल वैशाख ३ गते, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (सहसचिव) जनार्दन गौतम वैशाख ५ गते, लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक सहसचिव वेदप्रसाद खरेल वैशाख ७ गते, बागलुङका प्रमुख जिल्ला अधिकारी (सहसचिव) कृष्णप्रसाद आचार्य वैशाख ७ गते, श्रम मन्त्रालयका सहसचिव बाबुराम भण्डारी वैशाख ८ गते, राष्ट्रिय सूचना आयोगका सचिव (सहसचिव) रमेश न्यौपाने वैशाख १२ गते, बागमती सभ्यताका सहसचिव मचाकाजी महर्जन वैशाख १२ गते, अख्तियारका सहन्यायाधिवक्ता हरिप्रसाद रेग्मी वैशाख १४ गते, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयका सहसचिव रामहरि ज्ञवाली वैशाख १४ गते कर्णाली प्रदेश लोक सेवा आयोगका सचिव (सहसचिव) शिवप्रसाद चौधरी १४, अष्ट्रिया भियनाका राजदूत (सहसचिव) भरतकुमार रेग्मी वैशाख १५ गते, मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सहसचिव) बसन्त अधिकारी वैशाख १५ गते बागमती प्रदेशका सचिव (सहसचिव) कृष्णबहादुर शाही वैशाख २० गते र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सहसचिव) मदन कोइराला वैशाख २८ गते अनिवार्य अवकाशमा जान लागेका हुन्।
महान्यायाधिवक्ता कार्यालय सहन्यायधिवक्ता हरिप्रसाद जोशी जेठ ७ गते, आन्तरिक राजस्व विभागको उपमहानिर्देशक सहसचिव पदमकुमार श्रेष्ठ जेठ १४ गते, नेपाल गुणस्तर तथा नापतौल विभागका उपमहानिर्देशक (सहसचिव) प्रभातकुमार सिंह (इन्जिनियरिङ) जेठ १९ गते, वन मन्त्रालयका सहसचिव रामचन्द्र कँडेल जेठ २० गते, उच्च अदालत जनकपुरका रजिष्ट्रार सहसचिव विश्वजंग सिजापति जेठ २१ गते र उच्च अदालत दिपायलका रजिष्ट्रार (सहसचिव) जनक सिंह बोहरा जेठ २६ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्।
रक्षा मन्त्रालयका सहसचिव ज्ञानेन्द्र पौडेल असार १ गते, राष्ट्रिय समावेशी आयोगका सचिव (सहसचिव)विनोदबहादुर कुँवर असार ४ गते, सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव रामप्रसाद आचार्य असार ६ गते, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव गोपालप्रसाद अर्याल सहसचिव असार ९ गते निर्वाचन आयोगका सहसचिव राजेन्द्रकुमार केसी असार ११ गते, परराष्ट्र मन्त्रालयकाका सहसचिव तीर्थराज अर्याल असार ११ गते र सिंचाई विभाग सहसचिव कुशाङ शेर्पा असारभित्रै अवकाशमा जाने सूचीमा परेका हुन्।
चालू आर्थिक वर्षमा अवकाशमा जाने सचिवहरू
किरणराज शर्मा साउन ३,
लोकनाथ पौड्याल साउन ६,
सचिव हरिप्रसाद मैनाली साउन १८,
गोविन्दप्रसाद साउन २४,
डिल्लीराम शर्मा भदौ २,
बाबुराम अधिकारी भदौ ४,
राजकुमार श्रेष्ठ भदौं १५,
गोपालप्रसाद सिग्देल असोज १३,
सरजुकुमार वैद्य असोज १५,
सञ्जीवराज रेग्मी असोज १७,
बैकुण्ठबहादुर अधिकारी असोज १७,
रविलाल पन्थ असोज १८,
कृष्णबहादुर राउत पुस २०,
महादेव पन्थ पुस ३०,
रामेश्वर दंगाल माघ १६,
मुकुन्दप्रसाद निरौला फागुन ४,
दिनानाथ मिश्र चैत २,
कृष्णप्रसाद काप्री बैशाख ५,
लोकराज पराजुली जेठ १०,
केदारनाथ शर्मा जेठ ३१,
राजेन्द्रकुमार पौडेल असार १४,
इन्दिरा दाहाल असार २३,
क्याटेगोरी : समाचार, सुशासनट्याग : #इन्दिरा दाहाल असार २३, #किरणराज शर्मा साउन ३, #कृष्णप्रसाद काप्री बैशाख ५, #कृष्णबहादुर राउत पुस २०, #केदारनाथ शर्मा जेठ ३१, #गोपालप्रसाद सिग्देल असोज १३, #गोविन्दप्रसाद साउन २४, #डिल्लीराम शर्मा भदौ २, #दिनानाथ मिश्र चैत २, #बाबुराम अधिकारी भदौ ४, #बैकुण्ठबहादुर अधिकारी असोज १७, #महादेव पन्थ पुस ३०, #मुकुन्दप्रसाद निरौला फागुन ४, #रविलाल पन्थ असोज १८, #राजकुमार श्रेष्ठ भदौं १५, #राजेन्द्रकुमार पौडेल असार १४, #रामेश्वर दंगाल माघ १६, #लोकनाथ पौड्याल साउन ६, #लोकराज पराजुली जेठ १०, #सचिव हरिप्रसाद मैनाली साउन १८, #सञ्जीवराज रेग्मी असोज १७, #सरजुकुमार वैद्य असोज १५


तपाईको प्रतिक्रिया दिनुहोस