स्वास्थ्य मन्त्रालयका सहसचिव सुवेदी घर गए
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव हेमराज सुवेदी ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा गएका हुन्। जनसंख्या व्यवस्थापन महाशाखा प्रमुख रहेका सुवेदी ५८ वर्ष पूरा भएर घर गएका हुन्।
२०२५ साल साउन ६ गते कास्कीमा जन्मिएका सुवेदी एक वर्ष अगाडि राष्ट्रिय योजना आयोगबाट सरूवा भएर स्वास्थ्य मन्त्रालय पुगेका थिए। स्वास्थ्य मन्त्रालयको पुगेको एक वर्ष हुन लागेका सुवेदी उमेर हदका कारण घर गएका हुन्।
स्वास्थ्यमा प्रशासन सेवाको दुई सहसचिव कार्यरत थिए। प्रशासन हेर्ने सहसचिव दिवस आचार्य र जनसंख्या हेर्ने हेमराज सुवेदी रहेका थिए। दुई सहसचिवमध्ये एक जना घर गएका छन्।
तथ्याङ्क, जनसंख्या हेर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत राष्ट्रिय तथ्याङ्क कार्यालय खडा गरिएको छ। विशिष्ट श्रेणी (सचिव) कै नेतृत्वमा छुट्टै कार्यालय हुँदाहुँदै स्वास्थ्यमा त्यस्तै प्रकृतिको जनसंख्या महाशाखा खोलेर अनावश्यक दरबन्दी सिर्जना गर्ने काम भएको छ। स्वास्थ्यमा प्रशासनको सचिवको दरबन्दी हटाइएको अवस्थामा सहसचिवको एउटा दरबन्दी पनि पुनरावलोकन गर्न जरूरी देखिन्छ।
क्याटेगोरी : समाचार
ट्याग : #सहसचिव हेमराज सुवेदी, #हेमराज सुवेदी


तपाईको प्रतिक्रिया दिनुहोस