३० वर्ष बढी सेवा अवधि पुगेका सरकारी कर्मचारीलाई राजीनामा दिँदा फाइदा
समाचार टिप्पणी
काठमाडौं। ३० वर्ष बढी सेवा अवधि पुगेका सरकारी कर्मचारीलाई राजीनामा दिँदा फाइदा हुने देखिन्छ। ३० वर्ष बढी सेवा अवधि भएका कर्मचारीले राजीनामा दिएर हिँड्दा व्यक्तिगत रूपमा लाभ हुनेछ।
संघीय निजामती सेवा विधेयकमा ३० वर्षभन्दा बढी सेवा अवधि भएका कर्मचारीलाई पनि ३० वर्षसम्मको मात्र पेन्सन दिने प्रस्ताव गरिएको छ। ३० वर्ष सेवा अवधि र ५१ वर्ष उमेर वा ५५ पूरा भएकालाई घर पठाउने तयारी गरेको हो। उक्त विधेयक कुनै पनि बेला कानुनी हैसियत प्राप्त गर्ने गरी प्रक्रियामा अघि बढेको छ। उस्तै परे अध्यादेशको मार्ग समेत समाप्त सक्ने सम्भावना रहेको पाइन्छ। यस्तो अवस्थामा ३० वर्ष बढी सेवा अवधि पुगेका कर्मचारीले राजीनामा दिँदा दीर्घकालीन लाभ हुने देखिन्छ।
नेपाल सरकारका बहालवाला सचिव र सचिव ३५ वर्षदेखि ४० वर्षसम्म सेवा अवधि भएका दर्जनौं संख्यामा रहेका छन्। ३० नाघेका उच्च पदस्थ त सयौंको संख्यामा रहेको पाइन्छ। कसैले अदालतबाट त कसैले सेटिङमा सेवा अवधि जोडेका छन्। ५५ नाघेका त्यस्ता कर्मचारीले राजीनामा दिँदा दीर्घकालीनरुपमा फाइदा हुने देखिन्छ। निजामती कानुन जसरी पनि आउने भएकाले राजीनामा दिएर बाटो तताउनेले भविष्यमा जित्ने देखिन्छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस