बागमती प्रदेशको स्वास्थ्य सचिवमा खड्का


काठमाडौं । सरकारले बागमती प्रदेशको स्वास्थ्य सचिव बनाएर बद्री खड्कालाई पठाएको छ । सरकारले स्वास्थ्य शिक्षा समूहका एघारौं तह (सहसचिव) खड्कालाई बागमती प्रदेशको सचिव बनाएर पठाएको हो ।

काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख र प्रदेश स्वास्थ्य तालीम केन्द्रको जिम्मेवारीमा रहेका उनलाई मन्त्रिपरिषद्ले प्रदेशको स्वास्थ्य सचिव बनाएर पठाएको हो ।

नेपाल सरकारको असोज १२ गतेको निर्णयअनुसार स्वास्थ्य मन्त्रालय, बागमती प्रदेशको सचिव पदको कामकाज गर्न आफूलाई खटाएको खड्काले बताए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com