केयर नेपालद्वारा १ कराेड ३५ लाख बढीको मेडिकल उपकरण सहयोग


काठमाडौं  । केयर नेपालले काेराेना नियन्त्रणमा सरकारलाई  सहयोग पुगाेस भनेर १ कराेड ३५ लाख बराबरको मेडिकल उपकरण सहयाेग गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज केयर नेपालले उक्त सामग्री हस्तान्तरण गरेकाे हाे । संस्थाले मन्त्रालयका प्रमुख विशेषज्ञ डा राेशन पाेखरेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकाे छ  ।

केयर नेपालले नेपालका ७ जिल्लामा उक्त सामग्री वितरण गर्न सहयोग गरेकाे जनाएको छ । प्रमुख विशेषज्ञ डा पाेखरेलले महामारीको समयमा सहयाेग गरेकाेमा केयरलाइ धन्यवाद दिए । उनले आगामी दिनमा पनि केयर नेपालबाट थप सहयाेगकाे अपेक्षा गरे । `अहिले विभिन्न दातृ निकायबाट सहयाेग प्राप्त हुनेकाम भइरहेको छ, डा पाेखरेलले भने, `अब प्राथमिकताका आधारमा सामानकाे सहयाेग आवश्यक छ ।´

केयर नेपालले अक्सिजन कन्सनटेट १३, सिलिन्डर ७७, एचडियु बेड १२ गरि १ कराेड ३५ लाख मुल्यका मेडिकल उपकरण सहयोग गरेकाे हाे । दिएकाे सामग्री कपिलवस्तु, रुपन्देही, बाँके, बर्दिया, कैलाली , कञ्चनपुर, गाेरखामा वितरण हुनेछ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com