डब्लुएचओलाई प्रश्न : कर दोब्बर बनाउँदैमा जड्याको संख्या घट्छ ?   


काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मापसेमा कमी ल्याउन मादक पदार्थमा कर दोब्बर पार्न सुझाव दिएको छ । युरोपमा मादक पदार्थको कर दोब्बर पार्न सुझाव दिएको डब्लुएचओको तर्क भने कर दोब्बर पारेमा मादक पदार्थको सेवनमा कमी आउने र क्यान्सरलगायतका रोगबाट हुने मृत्युदर घटाउनु रहेको छ ।

युरोपमा मात्र वर्षैनी दश हजार सात सय क्यान्सरबाट हुने थप मृत्यु घटाउन सकिने डब्लुएचओको प्रक्षेपण छ ।डब्लुएचओले मादक पदार्थको कर वृद्धिलाई क्यान्सरको रोकथाम गर्न उपयुक्त र प्रभावकारी कदम हुने अपेक्षा गरिएको छ ।

डब्लुएचओको सिफारिस लागू भएमा मादक पदार्थको सेवनबाट हुने क्यान्सरसहित उच्च रक्तचाप, कोलेस्टेरोल, कलेजो, मुटु रोग लगायतमा कमी आउने विज्ञले बताएका छन् । तर, मादक पदार्थमा कर दोब्बर बृद्धि गर्दैमा मापसे गर्नेको संख्यामा कमी आउँछ भन्ने तर्क नेपालको सन्दर्भमा मेल खाएको देखिँदैन । नेपालमा , मादक पदार्थमा वर्षैनी कर बृद्धि गरिदै आएपनि जड्याको संख्या बढ्दो क्रममा देखिन्छ ।

नेपालको सरकारी आंकडाले विदेशबाट रक्सी आयतमा उल्लेख्य बृद्धि देखाउँछ । युरोपमा कर दोब्बर गरेर मापसेमा कमी ल्याउने डब्लुएचओको तर्क नेपालको सन्दर्भबाट हेर्दा हावादारी तर्क साबित हुने देखिन्छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com