न्याय परिषद्को कामु सचिवको जिम्मेवारी भट्टराईलाई
काठमाडौं। न्याय परिषद्को कायममुकायम सचिवको जिम्मेवारी रामप्रसाद भट्टराईले पाएका छन्। गत बैशाखमा न्याय परिषद्का सचिवालय सचिव जितेन्द्रबाबु थपलिया उच्च अदालतको न्यायाधीश नियुक्त भएपछि भट्टराई निमित्त सचिवको जिम्मेवारीमा थिए। उनै भट्टराईलाई कायममुकायम सचिवको जिम्मेवारी दिइएको हो।
न्याय समूहमा सर्वोच्च अदालतको एक रजिष्ट्रार र न्याय परिषद्को सचिव पद रिक्त रहेको छ। थपलिया न्यायाधीश र सर्वोच्च अदालतको रजिष्ट्रार (सचिवसरह) मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्त भएपछि दुई पद रिक्त भएको हो।
न्याय समूहका दुई सचिव बढुवामा ४ जना सहसचिवबीच प्रतिस्पर्धा छ। एकैदिन सहसचिव भएका गजेन्द्रबहादुर सिंह, ठगिन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाल सचिव बढुवाका मुख्य दाबेदार हुन्। उनीहरू २०७४ जेठ १९ गते एकैदिन सिंह, कट्टेल, भट्टराई र दाहाल न्याय समूहको सहसचिव बनेका थिए। उनीहरूमध्ये २ जना सचिव बन्नेछन्। तत्कालका लागि न्याय परिषद्को कामु सचिव भट्टराईलाई बनाइएको हो।
क्याटेगोरी : समाचारट्याग : #रामप्रसाद भट्टराई


तपाईको प्रतिक्रिया दिनुहोस