सामान्यको जगेडामा ४ सहसचिव, जिम्मेवारी नपाइ घर जाने सम्भावना
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जगेडामा ४ सहसचिव रहेका छन्। जगेडामा रहेका सहसचिवद्वय विनोद लामिछाने र चन्द्रबहादुर शिवाकोटीले राजीनामा दिएसँगै ४ सहसचिव बाँकी रहेका हुन्। सहसचिवहरू शंकरहरि आचार्य, राजेन्द्र देव पाण्डे, रूद्रप्रसाद लामिछाने र कृष्णबहादुर शाही सामान्यको जगेडामा रहेका हुन्।
सामान्यको जगेडामा ६ सहसचिव (भलिबल-टिम) रहेकामा विनोद लामिछाने र चन्द्रबहादुर शिवाकोटीले राजीनामा दिएर टिम छाडेका छन्। अब सहसचिवहरू शंकरहरि आचार्य, राजेन्द्र देव पाण्डे, रूद्रप्रसाद लामिछाने र कृष्णबहादुर शाही बाँकी रहेका हुन्। यिनीहरूमध्ये राजेन्द्र देव पाण्डे, रूद्रप्रसाद लामिछाने र कृष्णबहादुर शाही चालू आर्थिक वर्षभित्रै अवकाशमा जाने सूचीमा छन्।
जगेडाका सहसचिव लामिछाने कार्तिक १८ गते दुई महिनापछि, सहसचिव पाण्डे फागुन १० गते ६ महिनापछि, सहसचिव शाही २०८४ वैशाख २० गते ८ महिनापछि अनिवार्य अवकाशमा जाने सूचीमा छन्। आचार्यको मात्र जागिर लामो समय बाँकी छ। यिनीहरूमध्ये रूद्रप्रसाद लामिछानेले कुनै जिम्मेवारी नपाइ घर जाने सम्भावना देखिन्छ। जगेडामा सहसचिव थुप्रिए पाण्डे र शाहीको पनि हालत उस्तै हुनेवाला छ।
क्याटेगोरी : समाचारट्याग : #कृष्णबहादुर शाही, #राजेन्द्र देव पाण्डे, #रूद्रप्रसाद लामिछाने, #शंकरहरि आचार्य


तपाईको प्रतिक्रिया दिनुहोस