३०-५५ लागू भए परराष्ट्रमा सचिवसहित आधा दर्जन उच्च पदस्थ जानेछन् घर 


काठमाडौं। निजामती कानुन तत्काल आएर लागू भए परराष्ट्र सेवामा सचिवसहित आधा दर्जन बढी उच्च पदस्थ घर जाने सूचीमा छन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, मन्त्रालय र विभिन्न नियोगमा कार्यरत सहसचिवहरू गणेशप्रसाद ढकाल,लोकबहादुर थापा, भरतकुमार रेग्मी, तीर्थराज अर्याल र पुषराज भट्टराई ५५ पूरा भइसकेका उच्च पदस्थ हुन्। कार्तिकबाट त शिष्टाचार महापाल कुमारराज खरेल ५५ वर्ष पूरा हुँदैछन्।

परराष्ट्र सचिव राईले सेवा अवधि जोडेको भए निजामती सेवामा प्रवेश गरेको ३० वर्ष पूरा भइसकेको छ। उनी ५८ वर्ष पूरा हुन डेढ वर्ष बाँकी छ। अहिले परराष्ट्र सचिव राई साढे ५६ वर्षका भए। उनी ५५ वर्ष उमेरले घर जाने सूचीमा छन्।

परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाल ५८ वर्ष लागेर ३ महिनाभित्रै अनिवार्य अवकाशमा जाँदैछन्। उनको सेवा अवधि पुन पुग्न लागेको छ। थाइल्याण्डको राजदूत पूरा कार्यकाल चलाएर आएका ढकाल ३०-५५ लागू हुन ढिला भएपनि ५८ वर्ष पूरा भएर घर जाने सूचीमा रहेका हुन्।

संयुक्त राष्ट्र संघको स्थायी नियोग, न्युयोर्कमा स्थायी प्रतिनिधि रहेका परराष्ट्र सेवाका सहसचिव लोकबहादुर थापा ५५ वर्ष पूरा भइसकेका छन्। उनी ५८ वर्ष पूरा हुन दुई वर्ष पनि बाँकी छैन। उनी ५५ वर्ष लागू भए तत्काल परराष्ट्र सेवाको सहसचिवबाट बिदा हुने देखिन्छन्।

संयुक्त राष्ट्र संघको स्थायी नियोग, भियनामा ४ वर्षे कार्यकाल पूरा गरिसकेका भरतकुमार रेग्मी ७ महिनाभित्रै ५८ वर्ष पूरा हुँदैछन्। उनको कार्यकाल सकिएपनि म्याद थप भएकाले उतै रोकिएका हुन्। परराष्ट्र सेवाका सहसचिव रेग्मी ५८ वर्ष पूरा भएर बैशाख १५ गते घर जाने सूचीमा छन्।

भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका परराष्ट्र सेवाका सहसचिव तीर्थराज अर्याल ५८ वर्ष पूरा हुन लागेका छन्। २०८४ असार ११ ( ८ महिनाभित्र) अवकाशमा जान लागेका अर्याल ५५ लागू भए तत्काल घर जाने अवस्थामा रहेका हुन्।

परराष्ट्र मन्त्रालय कै अर्का सहसचिव पुष्पराज भट्टराई ५६ वर्ष पूरा भइसकेका छन्। करिब साढे ५६ वर्ष पूरा हुन लागेका भट्टराई अहिले मुद्दा खेपिरहेका छन्। उनी पनि ५५ वर्षे अवकाशको कानुन पर्खेर बसिरहेका हुन्।

परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल कुमारराज खरेल कार्तिक २५ गते ५५ वर्ष पूरा हुँदैछन्। यसरी हेर्दा परराष्ट्रमा सचिव र सहसचिव आधा दर्जन बढी ५५ वर्ष पूरा भइसकेको पाइन्छ। ३०-५५ लागू भए उनीहरू तत्काल घर जानेछन्।

५५ पारीका परराष्ट्रका उच्च पदस्थ

➡️अमृतबहादुर राई २०८४ चैत २१

➡️गणेश प्रसाद ढकाल २०८३ पुस ६

➡️लोक बहादुर थापा २०८५ असार २९

➡️भरतकुमार रेग्मी २०८४ बैशाख १५

➡️कुमार राज खरेल २०८६ कार्तिक २५

➡️तीर्थराज अर्याल २०८४ असार ११

➡️पुष्पराज भट्टराई २०८५

 

 

क्याटेगोरी : समाचार
ट्याग : #अमृतबहादुर राई, #कुमार राज खरेल, #गणेश प्रसाद ढकाल, #तीर्थराज अर्याल, #पुष्पराज भट्टराई, #भरतकुमार रेग्मी, #लोक बहादुर थापा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ