लेखापरीक्षणमा भण्डारी र सरकारी वकिलमा नेउपाने सचिव बन्ने


काठमाडौं। लेखापरीक्षण सेवा र न्याय सेवाको सरकारी वकिल समूहमा एकसाथ विशिष्ट श्रेणीको पद रिक्त भएको छ। महालेखापरीक्षकको कार्यालयका उपमहालेखापरीक्षक (सचिव) बैकुण्ठबहादुर अधिकारी र महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता (सचिव) सञ्जीवराज रेग्मी एकसाथ अवकाशमा गएका हुन्। दुबै निकायमा सचिव एकसाथ अवकाशमा गएका छन्। उपमहालेखापरीक्षक चन्द्रकान्त भण्डारी र नायब महान्यायाधिवक्तामा अच्यूतमणि नेउपाने बढुवा हुने देखिन्छ।

सचिव सरह मानिने उपमहालेखापरीक्षकमा बढुवाका लागि नायब महालेखापरीक्षक चन्द्रकान्त भण्डारीसहित, ताराप्रसाद पाण्डे र शंकरप्रसाद पन्थी प्रतिस्पर्धामा छन्। सबै हिसाबले भण्डारी नै अगाडि रहेकाले उपमहालेखापरीक्षकमा भण्डारीले बाजी मार्ने देखिन्छ।

यता एक सिट नायब महान्यायाधिवक्ता (सचिव) बढुवाका लागि सहन्यायाधिवक्ता अच्यूतमणि नेउपाने अग्रपङ्तीमा रहेका छन्। उनीसँग सहन्यायाधिवक्ता ईश्वरीप्रसाद ढकाल र दिनेशप्रसाद घिमिरे नायब महान्यायाधिवक्ता बढुवाका लागि प्रतिस्पर्धामा रहेका हुन्। सरकारी वकिल समूहमा पनि हरेक हिसाबले अगाडि रहेका नेउपाने नै नायब महान्यायाधिवक्ता (सचिव) बन्ने देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #अच्यूतमणि नेउपाने, #चन्द्रकान्त भण्डारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ