अर्थ मन्त्रालयका दुई सहसचिवले दिए राजीनामा
काठमाडौं। अर्थ मन्त्रालयका दुई सहसचिवले राजीनामा दिएका छन्। अर्थ मन्त्रालय अन्तर्गत कार्यरत सहसचिव राजेन्द्रदेव पाण्डे र पदम श्रेष्ठले राजीनामा दिएका हुन्।
५८ वर्ष पूरा भएर चालू आर्थिक वर्षभित्रै अवकाशमा जान लागेका सहसचिव पाण्डे र श्रेष्ठले राजीनामा बुझाएको मन्त्रालय स्रोतले बतायो। अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख पाण्डे फागुनमा अवकाश जाँदै थिए। त्यस्तै आन्तरिक राजस्व विभागका उपमहानिर्देशक जेठमा अनिवार्य अवकाशमा जाँदै थिए। सहसचिवद्वयले मंगलबार राजीनामा दिएका हुन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस