गृह जिल्लामा कमाण्ड सम्हाल्न पुगेका सिडिओ
काठमाडौं। गृह (जन्म) जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएर जाने क्रम बढ्न थालेको छ। पहिला गृह जिल्लामा सिडिओ खटाउने चलन थिएन। तर, पछिल्लाे समय बसाइसराई र अन्य कारणले उक्त चलन तोडिन थालेको छ। फरक जिल्लाको नागरिकता निकाल्ने ‘ट्रेन्ड’ भएकाले पनि गृह जिल्ला एकिन गर्न मुस्किल देखिन्छ।
झापामा जन्मिएका श्रवणकुमार पोखरेल झापा कै सिडिओ भएर गएका छन्। उनी झापामा जन्मिए पनि काठमाडौंबाट नागरिकता लिएका छन्। कानुनी हिसाबले पोखरेललाई झापाली भन्न मिल्दैन। अर्घाखाँचीको सिडिओमा पठाइएका विष्णुप्रसाद ज्ञवालीको पहाड घर पनि सोही जिल्ला हो। तर, उनी कानुनी रूपमा रुपन्देहीको भइसकेका छन्। ज्ञवालीलाई कानुनी हिसाबले अर्घाखाँचीको भन्न मिल्दैन। यी त केही उदाहरण मात्र हुन्।
पछिल्लो समय जन्म जिल्ला र नागरिकता लिएको जिल्ला फरकफरक हुन थालेको छ। त्यसैले जन्म जिल्लाको सिडिओ भएर जाने ‘ट्रेन्ड’ बढेर गएको छ। यो ‘ट्रेन्ड’ सामान्य बन्न थालेको हो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस