नेविसंघ नेता थापाद्वारा बसपार्कमा यात्रुलाई मास्क र स्यानिटाइजर वितरण


काठमाडौं : नेपाल विद्यार्थी संघका नेता मनिषजंग थापाले नयाँ बसपार्कमा यात्रुलाई मास्क र स्यानिटाइजर वितरण गरेका छन् ।

सरकारले काठमाडौं उपत्यकामा दुई हप्ता निषेधाज्ञा जारी गर्ने निर्णय गरेपछि घर जान बसपार्क पुगेका यात्रुलाई नेता थापाले स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।

नयाँ बसपार्कमा घर फर्किनेको भीड छ । दैनिक पचास हजार भन्दा बढीको संख्यामा नागरिकहरु घर फर्किने गरेको ट्राफिक प्रहरीको तथ्यांक छ ।

बसपार्कमा यात्रुको घुइँचो हुनुका साथै स्वास्थ्य मापदण्डसमेत पालना नभइरहेका बेला नेविसंघका पूर्व केन्द्रीय सदस्य थापाको नेतृत्वमा यात्रुलाई मास्क र स्यानिटाइजर वितरण गरिएको हो ।

नेविसंघ नेता थापाले कोरोना संक्रमणको भयावह अवस्था सिर्जना भएका बेला यात्रुलाई स्वास्थ्यप्रति सचेतना हुने गरी स्वास्थ्यसामग्री वितरण गरिएको बताए ।

‘कोरोनाको कहर व्यापक भइसकेको छ । तर बसपार्कमा भीडभाड उस्तै छ । सरकारले जारी गरेको स्वास्थ्यमापदण्डको पालना भएको छैन। यसले गर्दा शहरबाट गाउँमा कोरोना जाने भय देखिएको छ,’ उनले भने, ‘कतिपयले मास्क प्रयोग गरेको पनि देखिएन । त्यसकारण हामीले सानै परिणाममा भएपनि यो काम गरेको हौं । यसले सरकारलाई दवाव दिन्छ भन्ने हाम्रो विश्वास हो ।’

मास्क तथा स्यानिटाइजर वितरण कार्यक्रममा सामुदायिक क्याम्पस समन्वय समितिका संयोजक परोपकार अधिकारीसहित नेविसंघका नेताहरू सहभागि थिए।

No description available.
क्याटेगोरी : समाचार
ट्याग : #मनिषजंग थापा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com