काठमाडौँलाई केन्द्रविन्दु बनाएर गयो भूकम्प


काठमाडौँ । काठमाडौँको कलंकी केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प गएको छ । राती १ बजेर ५९ मिनेटमा कलंकी केन्द्रबिन्दु बनाएर ३ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार राती भुकम्प गएपछि कलंकीका स्थानीयले फोन गरेर जानकारी गराएका थिए । कतिपय माथिल्लो तलबाट सडकमा आएका थिए । यो गोरखा भूकम्पकै परकम्प भएको पनि केन्द्रले जनाएको छ ।

कलंकीमा भूकम्प गएपनि केन्द्रले भूकम्पसम्बन्धि जानकारी दिने आफ्नो सिस्मोनेपाल वेबसाइटमा त्यो जानकारी राखेको छैन । सामान्यतयाः ४ म्याग्निच्युडभन्दा कमको भूकम्प गए केन्द्रले वेबसाइटमा राख्ने नगरेको हो ।

क्याटेगोरी : समाचार
ट्याग : #भूकम्प

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com