अहिले नै सुरु भयो अक्सिजन अभाव, संक्रमित बढ्दै जाँदा के होला हालत ?


काठमाडौं । गम्भीर प्रकृतिका कोरोना संक्रमितका लागि अत्यावश्यक मानिएको अक्सिजन आवश्यकताअनुसार भए पनि बजारमा सिलिन्डर अभाव खड्किन थालेको छ ।

मन्त्रालय सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार सिलिन्डर ल्याउन कूटनीतिक प्रयास जारी रहेको छ । ‘नेपालमा सिलिन्डर बन्दैन, यदि सिलिन्डर किनेर घरमा राखियो भने भर्ने भाडा बजारमा नभेटिन सक्छ,’ उनले भने, ‘मार्केटमा भएका सिलिन्डर बाहिर देश पनि पठाउनुभएन ।’

सरकारले अक्सिजन अभाव नहुने तर सिलिन्डर अभाव हुनसक्ने आँकलन गर्दै विदेशबाट ल्याउन कूटनीतिक पहल भइरहेको स्पष्ट पारेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका ३० अस्पतालमा अक्सिजन प्लान्ट रहेको छ । जसबाट दैनिक २ हजार ५ सय ४९ सिलिन्डरमा अक्सिजन भर्न सक्ने क्षमताका छन् ।

निजी क्षेत्रले प्रतिदिन ७ देखि ८ हजार सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएका छन् । केही अस्पतालमा लिक्विड अक्सिजन टयांक छन् । देशभरका स्वास्थ्य संस्थामा ६ देखि ७ हजार सिलिन्डर छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #अक्सिजन अभाव

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com