गण्डकी प्रदेशका तीन सांसदलाई कोरोना संक्रमण, अविश्वासको प्रस्तावमा मत हाल्ने व्यवस्था मिलाइने


कास्की : गण्डकी प्रदेशका तीन जना सांसदलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमित हुनेमा सत्तारुढ दल नेकपा एमाले सांसद राजिव पहारी, प्रभा कोइराला र नेपाली कांग्रेस सांसद मनकुमारी गुरुङ रहेका छन् ।

मंगलबार सबै सांसदको स्वाव संकलन गरिएकोमा बुधबार बिहान रिपोर्ट आएको हो ।

मंगलबारको प्रदेश सभा बैठकमा एमाले सांसदले कोरोना परीक्षण नगरी सदन सञ्चालन नगर्न माग गर्दै बैठक अवरुद्ध गरेका थिए ।

एमाले सांसदको माग अनुसार सबै सांसदको कोरोना परीक्षण गरिएको हो ।

विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्ने कार्यक्रम थियो ।

आज दिउँसो बस्ने सदनमा अविश्वासको प्रस्तावमाथि मतदान हुने कार्यसूची रहेको छ ।

कोरोना संक्रमित भएका सांसदलाई पनि मतदानको व्यवस्था गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जसपाले संयुक्त रुपमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

अविश्वासको प्रस्तावमा राष्टिय जनमोर्चाको पनि समर्थन रहेको छ ।

चार वटै दलले विपक्षमा मतदान गरे गुरुङको पद गुम्ने निश्चित छ ।

सरकारले प्रलोभनमा पारेर फ्लोर क्रस हुने आशंका गर्दै विपक्षी दलका सांसदहरु गएराति होटलमै बसेका थिए ।

क्याटेगोरी : समाचार
ट्याग : #पृथ्वीसुब्बा गुरुङ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com