अमेरिकाबाट कोरोना खोप ल्याउन सरकारले थाल्यो पहल, अन्य मुलुकलाई अमेरिकाले ६ करोड खोप दिने


काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीब्र गतिमा फैलिएसँगै सरकारले मित्रराष्ट्र अमेरिकाबाट कोरोना खोप ल्याउन पहल सुरु गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना खोप ल्याउन कुटनीतिक पहल सुरु भइसकेको जानकारी दिए ।

अमेरिकाले अल्पविकसित मुलुकलाई ६ करोड डोज कोरोना खोप दिने जनाएको छ ।

कांग्रेस नेता गगनकुमार थापाले अमेरिकी सरकारले कोरोनाको खोप सहयोगका रूपमा विश्वव्यापी रूपमा प्रदान गर्ने भन्ने समाचार स्वागतयोग्य रहेको भन्दै नेपाल सरकारलाई खोप आपूर्तिका लागि पहल गर्न आग्रह गरेका थिए ।

उनले अमेरिकी सहयोगले कोरोनाको पछिल्लो लहरले आक्रान्त पार्दै गरेको नेपाल लगायत दक्षिण एसियाका देशहरू लाभान्वित हुनेछन् भन्नेमा विश्वास व्यक्त गरे ।

‘नेपाल सरकारले केही समय अगाडि खोपका लागि अमेरिकी सरकारलाई सहयोग अनुरोध गरेको भन्दा अहिले खोपको उपलब्धताको सन्दर्भमा अमेरिकाको परिस्थिति भिन्न भएको छ। त्यस्तो मा नेपाल सरकारले त्यस्तो सहयोग नेपाल भित्र्याउन सम्पूर्ण पहल तत्काल सुरु गर्न आवश्यक रहेको छ,’ नेता थापाले भने, ‘म माननीय परराष्ट्रमन्त्रीज्यूलाई, अमेरिकाबाट खोप ल्याउने सन्दर्भमा सम्पूर्ण कूटनीतिक कौशल र ऊर्जा प्रयोग गर्नुहुन विनम्र अनुरोध गर्दछु । नेपालस्थित अमेरिकी दूतावासले पनि यस विषयमा नेपालको अनुरोधलाई आफ्नो सरकारसम्म पुर्‍याउन आवश्यक पहलकदमी गर्छ भन्ने विश्वास लिएको छु।’

थापाको आग्रहको जवाफ दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाबाट कोरोना खोप ल्याउन पहल सुरु गरिसकेको जानकारी गराएका हुन् ।

क्याटेगोरी : समाचार
ट्याग : #कोरोना खोप

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com