कोरोनाको नयाँ भेरियन्ट हावाबाट सर्छ ?


काठमाडौँ । नेपालमा एएटा हल्ला चल्यो, ‘कोरोनाको नयाँ भेरियन्ट हावाबाट सर्छ । यो हावामा घण्टौँ जिवित रहन्छ।’ के साच्चै नयाँ भेयिन्ट हावाबाट सर्ने र हावामा जिवित रहने नै हो त ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको खण्डन गरेको छ । मन्त्रालयका अनुसार हल्ला गरिए जस्तो कोरोनाको नयाँ भेरियन्ट हावाबाट सर्दैन । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार मन्त्रालयले हावाबाट कोरोना भाइरसको नयाँ भेरियन्ट नसर्ने स्पष्ट पारेको हो ।

‘अहिलेसम्म कोरोना हावाबाट सर्ने पुष्टि भएको छैन । यो हल्लामा सत्यता छैन,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समीर कुमार अधिकारीले भने, ‘कोरोना हाच्छ्यिु गर्दा, ठूलो स्वरले बोल्दा, गीत गाउँदा मुखबाट उछिट्निने थुकको छिटाबाट सर्ने हो, हावाबाट सर्दैन ।’ अधिकारीले भाइरस हावामा उँड्न नसक्ने पनि बताए ।

क्याटेगोरी : समाचार
ट्याग : #कोरोनाको नयाँ भेरियन्ट

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com