कोभिडका बिरामीलाई किन चाहिन्छ अक्सिजन ?


डा. असरफ हुसेन, इन्टरनल मेडिसिन नेसनल मेडिकल कलेज

मेडिकल अक्सिजन सप्लाई गर्न क्राउजेनिक ट्यांकर आवश्यक हुन्छ । एक ट्यांकर अक्सिजन उत्पादन गर्न कम्तीमा चारदेखि ६ महिना लाग्ने गर्छ । यस्तै, अक्सिजनको स्वभावअनुसार विशेष परिस्थितिबाहेक हवाईमार्गबाट ओसारपसार गर्न सकिँदैन । अक्सिजन एक ठाउँबाट अर्को ठाउँसम्म पुर्‍याउनका लागि गाडी वा रेलबाट मात्र सम्भव हुन्छ ।

कोरोना भाइरस ९कोभिड–१९०ले फोक्सोमा असर गर्ने हुँदा फोक्सोले राम्रोसँग काम गर्न सक्दैन । यसकारण फोक्सोलाई सहयोग गर्ने गरी बिरामीलाई अक्सिजन दिनु एक महत्वपूर्ण उपचार पद्धति हो । फोक्सोमा संक्रमण हुँदा श्वास–प्रश्वासमा समस्या हुन्छ र निमोनियाका कारण फोक्सोमा तरल पदार्थ जम्मा हुन्छ । जसले फोक्सोले पर्याप्त हावा लिन सक्दैन । जसका कारण शरीरका सम्पूर्ण अंगमा अक्सिजनको अभाव हुन्छ ।

अक्सिजन अभावमा अरू अंगले काम नगर्ने हुँदा जटिलता देखिन्छन् । यो जटिलताबाट मुक्ति दिलाउन मेडिकल अक्सिजन आवश्यक पर्छ । एकैपटक धेरैमा संक्रमण फैलिएपछि अहिले अस्पतालमा बिरामीको चाप छ । जसका कारण अक्सिजनको माग बढ्दै गएको छ । केही अस्पतालमा त अक्सिजनको अभावसमेत हुन थालेको छ । सामान्यतया, मेडिकल अक्सिजन उत्पादन गर्न लामो समय लाग्ने र आयात–निर्यातमा पनि निकै ध्यान दिनुपर्ने भएकाले महामारीपछि यसको अभाव विश्वभर नै भइरहेको छ ।

मेडिकल अक्सिजन सप्लाई गर्न क्राउजेनिक ट्यांकर आवश्यक हुन्छ । एक ट्यांकर अक्सिजन उत्पादन गर्न कम्तीमा चारदेखि ६ महिना लाग्ने गर्छ । यस्तै, अक्सिजनको स्वभावअनुसार विशेष परिस्थितिबाहेक हवाईमार्गबाट ओसारपसार गर्न सकिँदैन । अक्सिजन एक ठाँउबाट अर्को ठाउँसम्म पुर्‍याउनका लागि गाडी वा रेलबाट मात्र सम्भव हुन्छ ।

होम आइसोलेसनमा बस्दा अक्सिजन कसरी व्यवस्थापना गर्ने
संक्रमितको संख्या बढ्दै गएकाले अस्पतालमा बेड अभाव भइरहेको छ । बिरामी बढ्दै जाँदा अस्पतालहरूले धान्न नसक्ने कारण सरकारले घरमै आइसोलेसनमा बस्न आग्रहसमेत गरिसकेको छ । घरमै आइसोलेसनमा बस्दा स्वास्थ्य समस्या देखिन सक्ने हुँदा सचेत हुनुपर्छ ।

अक्सिजनको लेभलमा सामान्य कमी आएमा वा अन्य समस्या नभएमा केहीबेरका लागि घोप्टो परेर बस्न सकिन्छ, जसलार्ई प्रोन पोजिसन भनिन्छ । पेटमा दुईवटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलीगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुपर्ने हुन्छ । जसले फोक्सोको क्षमता बढाउन सहयोग गर्छ, यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ ।

यस्तो वेला पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर समय–समयमा नापिरहनुपर्छ । यदि ९४ भन्दा कम भएमा शरीरमा आवश्यक अक्सिजनको मात्रा कम भन्ने बुझिन्छ । शरीरमा अक्सिजनको स्तर निकै कम भएमा सम्बन्धित चिकित्ससँग सल्लाह लिने वा नजिकको अस्पताल जानुपर्ने हुन्छ ।

कतिपयले चिकित्सकको सल्लाहविनै घरमा अक्सिजन सिलिन्डर प्रयोगमा ल्याइरहेको पाइन्छ । ब्रेथ सर्टनेस र निमोनियाका कारण अक्सिजन आवश्यक पर्ने हुँदा अक्सिजनले मात्रै स्वास्थ्यमा सुधार आउँदैन । यसका लागि अन्य उपचारको पनि आवश्यकता पर्ने हुँदा चिकित्सकको सल्लाह अति आवश्यक हुन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com