नेपालमा कोरोना संक्रमणबाट थप ५३ को मृत्यु


नेपालमा कोरोना संक्रमणबाट एकै दिन ५३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ६ सय ३२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा आठ हजार चार सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१७ हजार तीन सय १५ जनाको पिसिआर परीक्षण गर्दा आठ हजार दुई सय ८७ जना र नौ सय ८९ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ३१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर संक्रमितको संख्या तीन लाख ८५ हजार आठ सय ९० पुगेको छ । सक्रिय संक्रमित ८३ हजार चार ९३ छन् ।

पछिल्लो २४ घन्टामा तीन हजार सात सय ७० जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ९८ हजार सात ६५ पुगेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com