बंगलादेशबाट १० हजार भायल रेम्डेसिभिर आउँदै


स्वास्थ्यलाइभ
काठमाडौं ।
बंगलादेशबाट १० हजार भायल रेम्डेसिभिर आउँने भएको छ ।

नेपालमा तिब्र रुपमा कोरोना संक्रमण फैलिरहेका बेला बंगलादेश सरकारले नेपाललाई १० हजार भायल रेम्डेसिभिर अनुदानमा दिन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मंगलबार हिमालय एयरको जहाजबाट रेम्डेसिभिर आउने छ ।

मन्त्रालयका अनुसार बंगलादेशको बेक्सिम्को फर्माले ५ हजार र बंगलादेश सरकारले ५ हजार गरी १० हजार भायल रेम्डेसिभिर दिने भएको हो । रेम्डेसिभिर उपलब्ध गराउन बंगलादेश स्थित नेपाली राजदूत बंसिधर मिश्रले समन्वय गरेका छन् ।

उक्त रेम्डेसिभिर नेपाल सरकारले सरकारी कोभिड अस्पतालबाट निःशुल्क उपलब्ध गराउने छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com