बनेपाको अक्सिज उद्योग बिग्रदा दैनिक १ हजार सिलिण्डर उत्पादन घट्यो


काठमाडौं । राजधानी काठमाडौँमा कोरोनाको अनियन्त्रित गतिका बीच अक्सिजनको अभावजारी छ । कोरोनाको बढ्दो विनाशका बीचमा अक्सिजनको संकट झनै गहिरिदै गइरहेको छ । स्वास्थय मन्त्रालयका अनुसार दैनिक मृत्युको १० प्रतिशत बढी अस्पतालमा अक्सिजनको अभावले गर्दा भएको छ । चिकित्सकहरु भन्छन्, अस्पतालमा अक्सिजनको अभावले गर्दा बिरामीहरु अस्पताल परिसरमा चिच्याउने अवस्थामा पुगेका छन् ।

भारतले अक्सिजन निर्यातमा कडाई गरेपछि यसको प्रत्यक्ष असर नेपालका ठुला देखि साना अस्पतालमा देखिएको छ । आधा दर्जन अस्पतालले अक्सिजन नभएको भन्दै सेवा बन्द गरेका छन् ।

अहिले सबैका घरमा शरिरमा अक्सिजनको लेभल जाँच गर्ने अक्सिमिटर छ । संक्रमितले अक्सिजन जाँच गरेर अस्पताल भर्ना हुनु पर्ने अवस्थामा मात्रै अस्पताल जाने गरेका छन् । केही दिनमा देशभर अक्सिजन अभाव अनियन्त्रितगतिमा देख्न सकिने अक्सिजन उद्योगहरु बताउँछन् । अस्पतालमा भएका प्लान्टहरु मर्मत नगरी कमिसन पाउने नाममा सिलिण्डर खरिदमा लाग्दा महामारीमा अक्सिजन व्यवस्थापन गर्न अस्पताललाई समस्या देखिएको हो ।

नेपाल अक्सिजन उत्पादक संघका अध्यक्ष गौरव सारदाले बनेपामा रहेको नवज्योती अक्सिजन बन्द भएपछि उत्पादनमा ठुलो समस्या आएको बताए । ‘हावा हुरीले उद्योगमा क्षति पु¥याएपछि उत्पादन बन्द भएको छ, अध्यक्ष शारदाले भने, दैनिक एक हजार सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएको उद्योग पिक समयमा बिग्रदा दाईने हात भाँचिएको जस्तो भएको छ ।’ एक हजार सिलिण्डर अक्सिजन ठुला दुई अस्पताललाई पुग्ने अध्यक्ष शारदा बताउँछन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #अक्सिजन अभाव

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com