कोरोनाबाट एकै दिन १३९ जनाको मृत्यु


काठमाडौं ।  कोरोना संक्रमणबाट नेपालमा एकै दिन १ सय ३९ जनाको मृत्यु भएको छ । यो संख्या हाल सम्मकै दैनिक सर्वाधिक हो । संक्रमणदर तिब्र गतिमा बढ्दै जाँदा मृत्युहुनेहरुको संख्या पनि सोही गतिमा बढीरहेको अधिकारीहरुले बताएका छन् ।


हाल सम्म नेपालमा ३ हजार ८ सय ५९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ हजार २ सय ७१ जनामा कोरोना पुष्टि भएको छ ।

१७ हजार ६ सय २३ जनाको पिसिआर परीक्षण र ७ सय ८८ जनाको एन्टिजेन परिक्षण गरी १८ हजार ४ सय ११ जनाको नमुना परीक्षण गरिएको थियो । कुल संक्रमितमध्ये ९३ हजार १ सय ४१ जना सक्रिय संक्रमित छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com