होङ्गशी होल्डिङ ग्रुप द्धारा २ सय थान अक्सिजन कन्सनट्रेटर सहयोग


काठमाडौं । नेपाल उद्योग परिसंघको समन्वयमा होङ्गशी होल्डिङ ग्रुपले नेपाललाई २ सय थान अक्सिजन कन्सनट्रेटर प्रदान गरेको छ । देशमा अक्सिजनको चरम अभावका बीच नागरिकहरुको ज्यान जान थालेपनि होङ्गशी होल्डिङ ग्रुपले २ सय थान अक्सिजन कन्सनट्रेटर सहयोग गरेको हो । ग्रुपले मंगलबार स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई उक्त उपकरण हस्तान्तरण गरेको छ ।


दिनहुँ बढ्दै गैरहेको कोरोना भाइरसविरुद्ध लड्दै गरेका बिरामीहरूका लागि कन्सनट्रेटर मेसिनले ठुलो राहत पुगेको स्वास्थ्य मन्त्री त्रिपाठीले बताए । उनले सहयोगबाट आएको उक्त मेसिन तत्काल बढी आवश्यकता भएको स्थानमा पठाउने प्रतिवद्धता जनाए ।

स्वाथ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले ५ सय भन्दा बढी एक्टिभ संक्रमित भएका जिल्लामा अक्सिजन कन्सनट्रेटर पठाउने बताए । अक्सिजन कन्सनट्रेटर मेसिनले अटोमेटिक रुपमै अक्सिजनको उत्पादन गर्छ । यसले श्वासप्रश्वासका रोगीलाई विशेष सहायता पुग्ने छ । हाल देशमा अक्सिजनको चरम अभावले दैनिक ठुलो संख्यामा नागरिकहरुको मृत्यु हुन थालेको छ ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ##MOHP

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com