सरकारले चीनबाट अनुदान प्राप्त सिलिन्डर बाँड्यो, बिरामीनै नहेर्ने वीरलाई ५० थान


काठमाडौं । सरकारले चीनबाट अनुदानमा आएको ४ सय थान अक्सिजन सिलिन्डर विभिन्न १३ अस्पतालाई वितरण गरेको छ ।
कोरोना संक्रमित बढ्दै जादा अक्सिजन अभाव भएपछि सरकारले चीन सरकारसँग हात फेलाएको थियो । चीन सरकारले नेपाललाई २० हजार सिलिन्डर उपहार दिने भएको छ । त्यसमध्ये ४ सय थान अक्सिजन सिलिन्डर हिजोमात्र काठमाडौं आइपुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजै ती सिलिन्डर देशभरका १३ वटा अस्पतालमा पठाएको छ । कोभिडको बिरामी नै नहर्ने वीर अस्पतालले सबैभन्दा बढी ५० थान सिलिन्डर लगेको छ । यो अस्पतालले सरकारी निर्देशन अवज्ञा गर्दै कोभिडका बिरामी अहिलेसम्म हेरेको छैन । पाटनले पनि ५० थान पाएको छ ।

कुन अस्पतालले कति सिलिन्डर पाए ?
वीर अस्पताल ५० थान
पाटन अस्पताल ५० थान
एपिएफ अस्पताल २५ थान
सिभिल अस्पताल ४० थान
टिचिङ अस्पताल ५० थान
किष्ट मेडिकल कलेज २० थान
केएमसी २० थान
एनएमसी २० थान
क्रितिपुर आयुर्वेद अनुसन्धान केन्द्र २० थान
मनमोहन अस्पताल २० थान
लुम्बीनी प्रादेशिक अस्पताल ४५ थान
सेती प्रादेशिक अस्पताल ४५ थान

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ