वीर र ट्रमा सेन्टरमा अक्सिजन सिलिन्डरमा लाग्ने फ्लाेमिटर अभाव


काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा अक्सिजन सिलिन्डरमा प्रयाेग हुने फ्लाे मिटरकाे आवश्यकता परेकाे छ । काेराेनाकाे तीब्र बृद्दिसँगै जिवन बचाउन अहिले अक्सिजनकाे  आवश्यकता परेकाे छ । अक्सिजनका लागि चाहिने आवश्यक उपकरण तयार नहुदा वीर अस्पतालमा काेभिड संक्रमित भर्ना हुन सकेका छैनन् ।राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले  ट्रमा सेन्टर र वीर अस्पविरमा अक्सिजन सिलिन्डरमा लाग्ने फ्लो मिटर सहितको रेगुलेटर आवश्यक परेकाे बताएका छन् । सामाजिक संजाल मार्फत पुनले  तुरुन्त चाहिएकाे भन्दै सहयाेग मागेका छन् ।

वीर र ट्रमाले सिलिन्डर भएर पनि सो रेगुलेटर नहुदा बिरामीहरु लाई अक्सिजन दिन सकेकाे छैन । पुनले भनेका छन्, सो समान नेपालमा जुन सुकै ठाउँको कोहि ब्यापारीहरु संग छ भने  9841592361 मा सम्पर्क गर्नु होला अथवा कसैले भारत बाट तुरुन्त पठाउन सक्नु हुन्छ भने  पनि सम्पर्क राख्नु होला ।´ तुरुन्त एक सय फ्लाे मिटर आवश्यक परेकाे छ उने भने  । फ्लाे मिटरकाे पैसा राष्ट्रिय आविष्कार केन्द्रले भुक्तानी गरि दिने छ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ##राष्ट्रिय आविष्कार केन्द्र

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com