ट्रमा सेन्टरमा अक्सिजन सकियो, १०५ बिरामी समस्यामा


काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा अक्सिजन सकिएको छ । सिसिएमसीको कोटा प्रणालीले निजी मात्रै हैन सरकारी अस्पताल समेत समस्यामा परेका छन् । केही दिन अगाडी मात्रै कोभिड अस्पतालको रुपमा प्रयोग गरीएको सरकारी अस्पताल ट्रमामा सेवा सुरु भएको एक हप्ता नपुग्दै अक्सिजन अभाव भएको हो ।

राष्ट्रिय ट्रमा सेन्टरमा १०५ जना विरामीहरु अक्सीजनको सहायताले उपचातर छन् । अक्सिजन अभाव हुनै लागेपछि रात भर अस्पतालका निमित्व निर्देशक डा.सन्तोष पौड्यल लगायतको टोलिले एम्बुलेन्समा अक्सीजन ओसारेको थियो । उक्त अक्सिजनले समेत अहिले बिहान ७ बजे सम्म मात्र पुगेको छ ।

ट्रमा सेन्टरका एक कर्मचारी भुवन केसी भन्छन्, अब तत्काल अक्सीजन ब्यबस्था गर्न नसकिएमा भगबान भरोसामा छ । अक्सीजनको ब्यबस्था गनुहोस् जनताको ज्यान बचाउनुहोस् उनले भनेका छन् ।

यता अस्पतालका निमित्व निर्देशक डा.सन्तोष पौड्यलले सामाजिक संजाल फेसबुकमा लेख्छन्, अक्सिजनको चरम अभाव भयो, रातभरत थामियो अब गाह्रो भयो, प्लिज सहयोग गर्नुहोस् ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ##Truma

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com