टेकुले थप्याे दस शय्याकाे आकस्मिक बेड: दस दिनलाई पुग्ने अक्सिजन आयाे


काठमाडौं । इमर्जेन्सी कक्षमा बेड अभाव भएपछि सहिद शुक्रराज ट्रपिकल तथा सरुवाराेग अस्पताल टेकुले बाहिर आँगनमा दस बेड सुरु गरेकाे छ । निजी अस्पतालहरुले बिरामी भर्ना लिन छाडेपछि गंभिर बिरामी टेकु अस्पताल पुगेकाछन् । पाँच बेड इमर्जेन्सी भएकाे टेकुमा हाफ थामिनसक्नु भिड छ ।
बेड अभावले गर्दा अस्पतालले आँगन, पेटिमा राखेर अक्सिजन दिईरहेकाे छ । अक्सिजन नपाएर बिरामी मर्न थालेपछि बेड भन्दा पनि अक्सिजनकाे माग ह्वात्तै बढेकाे छ ।           अस्पतालका इमर्जेन्सी बिभाग प्रमुख लिलानाथ भण्डारीले बिरामीको बिजाेक देख्न नसकेर दस बेड थप गरेकाे बताए । दस वटा अक्सिजन कन्सनट्रेटर र दस बेड उपलब्ध भएपनि अस्पतालले शुक्रबार देखिनै सेवा सुरु गरेकाे छ । अस्पताल पुगेका बिरामीलाइ जसरी पनि सेवा दिने नितिले गर्दा अस्पतालमा तत्काल बेड थप गर्नु परेकाे हाे । अस्पतालमा शुक्रबार राति थप एक ट्याङ्कर लिक्विड अक्सिजन आएकाे छ । यसले पनि ठुलाे राहत दिएकाे छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com