दोस्रो डोज खोप लगाएका संक्रमित गंभिर अवस्थामा पुग्नबाट जोगिए


पहिलो डोज लगाएका ५ प्रतिशतको मृत्यु

काठमाडौं । कोरोना भाइरस कोभिड–१९ विरुद्ध कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाएर पनि संक्रमित भएका नागरिक सामान्य अवस्थाबाट निको भएका छन् । बिभिन्न अस्पतालहरुले दिएको जानकारी अनुसार दोस्रो डोज खोप लगाएका संक्रमितको मृत्यु शुन्य जस्तै छ । तर, खोप लगाए पनि गंभिर अवस्थाका दिर्घरोगीहरु भने नगन्य संख्यामा मृत्यु भएको हुन सक्छ ।

राजधानीका ठुला शिक्षण अस्पताल, पाटन अस्पताल, शसस्त्र प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल र ह्याम्स अस्पतालको विवरण हेर्दा दोस्रो डोज खोप लगाएका संक्रमितको मृत्यु शुन्य छ । तर, पहिलो डोज लगाएकाहरुको मृत्यु सामान्य देखिएको छ ।

चिकित्सकहरुले बताए अनुसार ९५ प्रतिशत संक्रमितको मृत्यु खोप नपाएकाहरु छन् भने, ५ प्रतिशत पहिलो मात्रा खोप लगाएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागर राजभण्डारीका अनुसार हाल सम्म खोप लगाएकाहरुको मृत्यु भएको छैन । अस्पतालमा जति मृत्यु भएको छ कोभिड विरुद्धको कोभिसिल्ड खोप नलगाएकाहरु छन् । मृत्युहुनेमा छिटफुट पहिलो डोज मात्रै खोप लगाएका परेका छन् ।

चिकित्सकहरुले खोप उपलब्ध भए नागरिकको ज्यान बचाउन सक्ने बताए । रेम्डेसिभिर र प्लाज्माको प्रयोग गर्नु आवश्यक छैन अस्पतालका चिकित्सकले भने, ज्यान बचाउने एउटा मात्रै विकल्प खोप देखियो । खोप लगाएकाहरु एक हप्तामै निको भएका छन् । बिना लक्षण संक्रमित भएका उनिहरु गंभिर अवस्थामा पुग्नबाट जोगिएका छन् ।

चिकित्सकहरुले बचेको खोप देस्रो मात्रा भन्दा पनि पहिलो मात्रा लगाए धेरै नागरिक बचाउँनु पर्ने सुझाव दिएका छन् । पहिलो डोज मात्रै खोप दिदा पनि ९५ प्रतिशत नागरिक गंभिर अवस्थामा पुग्नबाट जोगाउन सकिने रहेछ उनिहरुले भने ।

शिक्षण अस्पताल महाराजगञ्जका कोभिड चिकित्सक डा सन्तकुमार दासका अनुसार दोस्रो मात्रा खोप लगाएका नागरिक कोभिड संक्रमणका कारण मरेका छैनन् । ‘केही दिन देखि हामीले मृत्यु भएको संख्यालाई अनुसन्धान गर्न थालेका छौं डा दासले भने, ‘तर, दोस्रो मात्रा खोप लगाएकाहरुको मृत्यु भएको छैन ।’ डा दासका अनुसार ५ देखि १० प्रतिशत संक्रमित एक डोज मात्रै खोप लगाएका छन् ।

यता पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा रवि शाक्य दैनिक दुई जना कोरोना संक्रमितको मृत्यु भएको बताउँछन् । तर, मृत्युहुनेहरु कोभिड विरुद्धको खोप नपाएकाहरु छन् ।

सरकारले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मीहरुलाई दोस्रो डोज खोप दिइसकेको छ । त्यस्तै ६५ वर्ष माथि उमेर समूहमा पनि पहिलो मात्रा लगाइसकेको छ । त्यसैले यो समूहमा संक्रमण कम छ । संक्रमण भएकाहरु पनि सघन उपचार कक्षमा पुगेको छैनन् ।

शसस्त्र प्रहरी अस्पतालका कोभिड संयोजक डा प्रविन नेपाल पनि अस्पतालमा भएको मृत्यु खोप नपाएकाहरु भएको बताउँछन् । युवाहरुको मृत्यु बढी देखिएको छ, जुन उमेर समूहले खोप लगाउन पाएका छैनन् । खोप लगाएका पनि ५ प्रतिशतको मृत्यु भएको छ, डा नेपालले भने, तर, एक डोज मात्रै खोप लगाएका छन् ।

यता ह्याम्स अस्पतालका निर्देशक डा ज्योतीन्द्र शर्मा खोप लगाएका बिरामी संक्रमित भएपनि आइसियुमा नपुगेको बताउँछन् । खोप लगाएका बिरामीहरु आइसियुमा पुगेका छैनन डा शर्माले भने, ‘जति पुगेका छन् उनिहरु खोप नलगाएकाहरु नै छन् । हाम्रा स्वास्थ्यकर्मीहरु पनि संक्रमित भएका छन् एक जना खोप नलगाएको स्टाफलाई मात्रै अक्सिजन दिनु परेको थियो तर, अन्यलाई कुनै समस्या देखिएन ।’

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ##covishield

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com