प्रा.डा. पुज्यश्री कार्कीको निधन, चिकित्सा क्षेत्रमा ठुलाे धक्का


काठमाडौ । वरिष्ठ आँखा राेग विशेषज्ञ प्राध्यापक डाक्टर पुज्यश्रि कार्कीको निधन भएकाे छ ।  बुधबार विहान नर्भिक इन्टरनेशनल अस्पतालमा उनको उपचारका क्रममा निधन भएको हो । ‘कोभिड १९ संक्रमण कारण कार्कीको निधन भएकाे नर्भिक अस्पतालले जनाकाे छ ।

विगत  १० दिनदेखि डा. कार्कीको नर्भिक अस्पतालकाे आईसीयुमा उपचार भइरहेको थियो ।  किष्ट मेडिकल कलेज शिक्षण अस्पतालकी आँखा राेग विभागकी विभागीय प्रमुखका रुपमा कार्की  कार्यरत थिइन् ।

डा. कार्की १० वर्षदेखि अनवरत रुपमा आँखा रोगका क्षेत्रमा  सक्रिय थिइन् । नेपाल मेडिकल कलेजबाट एमबीबीएस गरेकी कार्कीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमडी गरेकी थिइन् ।

कार्कीको निधनप्रति नेपाल चिकित्सक संघले शोक व्यक्त निकालेको छ । संघका महासचिव डा. बद्री रिजालले जारी गरेको शोक वक्तव्यमा डा. कार्कीले नेपालको चिकित्सा क्षेत्रमा पुर्याएको योगदानको सम्झना गरिएको छ । ‘इमान्दार, लगनशील र निष्ठावान प्रतिष्ठित नेत्ररोग विशेषज्ञ चिकित्सकलाई गुमाउन पुगेकोमा नेपाल चिकित्सक संघ परिवार अत्यन्तै मर्माहित भएको छ,’ डा. रिजालले वक्तव्यमा भनेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com