रत्नराज्य आइसोलेसनमा फैलदै सहयोगी हात, सिंहदेखि-जोशीसम्मको सहयोग


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १० बानेश्वरस्थित रत्नराज्य स्कुलमा कोभिड संक्रमितलाई लक्षितगरी सञ्चालनमा ल्याइएको ड्राई आइसोलेसनमा सहयोगी हातहरू थपिंदै गएका छन् ।

बाग्मती प्रदेशसभा काठमाडौं क्षेत्र नम्बर १ (क) का सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा मध्यबानेश्वरको रत्नराज्य स्कुलमा सञ्चालनमा आएको आइसोलेसन सेन्टरका लागि समाजसेवी सृजना सिंह देखि पूर्वमन्त्री स्व : नवीन्द्रराज जोश पत्नी सपना जोशीसम्मले सहयोग तथा सहजिकरण गरेका छन् ।

सांसद श्रेष्ठका अनुसार नेपाल महिला संघको संस्थापक सल्लाहकार एवं समाजसेवी सिंहको पहलमा क्लब मार्फत आइसोलेसन सेन्टर सञ्चालनका लागि आवश्यक १० सेट पिपिई, ७ थान अक्सिमिटर, १२ प्याकेट सर्जिकल मास्क, २० लिटर स्यानिटाइजर, ६ बट्टा ग्लोब्स् प्रदान गरिएको छ ।
इनर ह्वेल क्लब पाटनले अत्यावश्यकीय स्वास्थ्य सामग्री सहयोग गरेको छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य स्वर्गीय नेता नबीन्द्रराज जोशीको धर्मपत्नी सपना जोशीले २ सय थान एन ९५ मास्क , ६ सेट पिपिई, ५ लिटर स्यानिटाइजर, १ थान आइआर थर्मोमिटर, सिटामोल लगायत अन्य औषधि तथा स्वास्थ्य सामग्री सहयोग गरेकी छन् । उनले अन्य आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

त्यस्तै नेपाल महिला एकता समाजले बेड, अक्सिजन सिलिन्डर, मास्क, स्यानिटाइजर, स्यानिटरी प्याड लगायतको अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

सांसद श्रेष्ठले पनि आइसोलेसन सेन्टर सञ्चालनका लागि पिपिई सेट १८ थान, मास्क ४ सय थान, ५ लिटर स्यानिटाइजर र एउटा इन्फ्रारेट थर्मोमिटर हस्तातरण गरिसकेका छन् ।
आइसोलेसन सेन्टर सञ्चालनका लागि ११ वडा निवासी समाजसेवी राजन श्रेष्ठ १० हजार आर्थिक सहयोग उपलब्ध गराएको सांसद श्रेष्ठले जानकारी दिए ।

त्यस्तै भोटेबहाल निवासी सामाजिक व्यक्तित्व प्रतिमा मुडवरीले पनि १० हजार आर्थिक सहयोग गरेकी छन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर १० को संरक्षण र मुख्य भूमिकामा हन्ड्रेड्स ग्रुप, नेपाल महिला एकता समाज र स्थानीय समाजसेवीहरू अनामिका अर्याल भरत ढकाल, नरेश थापा क्षेत्री , अशोक कार्कीलगायतको सहकार्यमा उक्त आइसोलेसन सेन्टर सञ्चालन गरिरहेका छन् । यो आइसोलेसन वार्ड हन्ड्रेड्स ग्रुपले व्यवस्थापन गरिरहेको छ ।
उक्त आइसोलेसन सेन्टरको वडाबाट वडाध्यक्ष रामकुमार केसी, वडा सदस्य नरोज अर्यालले नियमित रेखदेख र आवश्यक सहयोग प्रदान गरिरहेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com