डाक्टर पढ्दै गरेका अर्नबद्धारा आइसोलेसन सेन्टरलाई २१ हजार सहयोग


काठमाडौ । काठमाडौ मेडिकल कलेज (केएमसी) सिनामंगलमा एमबीबीएस दोस्रो वर्षमा अध्यनरत काठमाडौं बानेश्वर निवासी अर्नब खड्काले रत्नराज्य आइसोलेसनलाई २१ हजार १ सय आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

डाक्टरी पढ्दै अनलाईन व्यवसायमा संलग्न खड्काले आफ्नै कमाईबाट आइसोलेसन सेन्टरलाई उक्त आर्थिक सहयोग उपलब्ध गराएका हुन् ।

बाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा वडाध्यक्ष रामकुमार केसीको संयोजकत्वमा 100s ग्रुपले व्यवस्थापन गरेको काठमाडौ महानगर वडा नम्बर १० स्थित मध्यबानेश्वरको रत्नराज्य स्कुलमा सञ्चालित आइसोलेसन सेन्टरलाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउन खड्काले सहयोग उपलब्ध गराएका हुन् ।

उनले सांसद श्रेष्ठको पहलमा सञ्चालनमा आएको आइसोलेसन पारदर्शी र व्यवस्थित ढंगले चलिरहेकाले मनैदेखि उक्त सहयोग उपलब्ध गराएको जानकारी दिए । सहयोग रकम लिन सांसद श्रेष्ठ एमबीबीएसका विद्यार्थी खड्काकै घरमा पुगेका थिए ।

त्यस्तै बानेश्वर निवासी समाजसेवी रेनु जिसीले पनि रत्न राज्य आइसोलेसन सेन्टरलाई ११ हजार आर्थिक सहयोग गरेकी छन् । उक्त सहयोग रकम लिन पनि सांसद श्रेष्ठ जिसीको घरमै पुगेका थिए ।

त्यसैगरी वानेश्वर घर भई हाल बेल्जियम बस्ने रैना बस्नेतले सांसद श्रेष्ठको खातामा बेल्जियमबाट रत्नराज्य आइसोलेसन सेन्टर व्यवस्थापनका लागि १० हजार आर्थिक सहयोग पठाएकी छन् ।

स्थानीय समाजसेवीहरू अनमिका अर्याल भरत ढकाल, नरेश थापा क्षेत्री , अशोक कार्कीलगायतको सहकार्यमा उक्त आइसोलेसन सेन्टर सञ्चालनमा आएको हो ।

रत्न पुस्तकालय र वाणेश्वर महादेव गुठीले पनि आइसोलेसन सेन्टरलाई टेन्टलगायतका भौतिक सहयोग उपलब्ध गराएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com