दीपेन्द्रको पहलमा बुद्धनगरमा शुशिल कोइराला आइसोलेसन


काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ (क ) का बाग्मती प्रदेश सभा सदस्य दीपेन्द्रको पहलमा बुद्धनगरमा शुशिल कोइराला मेमोरियल आइसोलेसन सेन्टर स्थापना भएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० स्थित बुद्धनगरस्थित मेरो हस्पिटललाई दीपेन्द्रको पहलमा बुद्धनगरमा शुशिल कोइराला मेमोरियल आइसोलेसन सेन्टरको रुपमा सञ्चालनमा ल्याइएको हो ।No description available.

दीपेन्द्रको पहलमा बुद्धनगरमा प्रस्तावित शुशिल कोइराला मेमोरियल सामुदायिक अस्पताललाई तत्काल कोरोना भाइरसका संक्रमितहरुको उपचार गर्न आइसोलेसन सेन्टरको रुपमा सञ्चालनमा ल्याइएको सांसद श्रेष्ठको भनाई छ ।

उनका अनुसार काठमाडौं महानगरपालिकाको १० वडा, ११ वडा र २९ नम्बर वडाको कोरोना संक्रमित बिरामीहरूलाई सेबा दिने हेतु त्यस स्थानमा आइसोलेसन सेन्टर खोलिएको हो ।

आइसोलेसन सेन्टरमा आएर सेवा लिन नसक्ने अशक्त र घरैमा बसेर उपचार गर्न चाहने कोरोना संक्रमितहरूलाई घरमै नर्सिङ्ग सेवा एवं डाक्टरी सेवा समेत उपलब्ध गराईने सांसद श्रेष्ठले जानकारी दिए । उक्त आइसोलेसनमा भर्ना भएका संक्रमित बिरामीलाई अक्सिजन उपलव्ध गराई चौबीसै घण्टा नर्सिङ सेबा उपलव्ध गराइने उनले बताए ।

No description available.

‘नेपालका सादगी नेता संविधानदाता आदर्शतम् व्यक्तित्व स्वर्गीय नेता पूर्व प्रधानमन्त्री शुशील कोईरालाज्यूलाई स्मरण गर्दै उहाँको नाममा आईशोलेसन वार्ड खोलिएको हो’, संसद श्रेष्ठले भने, ‘यो अस्पतालको नामाकरण शुशील कोईराला मेमोरियल अस्पताल बनाउने लक्ष्य रहेको जानकारीसमेत अस्पतालका कार्यकारी निर्देशक डा. रुपनारायण शाहले गराएका छन् ।’, उक्त आइसोलेसन सेन्टर थप व्यवस्थित बनाउन ११ नम्बरका वडाध्यक्ष हीरालाल तण्डुकार (काका ) , वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसी दुबै वडाका वडा सदस्यहरु, समाजसेवी, बुद्धिजीवी , व्यापारी लगायत त्यस क्षेत्रकाका नागरिकहरूकोसमेत महत्वपूर्ण भूमिका रहेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com