कोरोना महामारीबाट १६ महिनामा ३६ स्वास्थ्यकर्मीको निधन: मृत्यु हुनेहरु खोप नलगाएका


काठमाडौं । कोरोना महामारीको १६ महिनामा ३६ स्वास्थ्यकर्मीको निधन भएको छ । पहिलो छाल (३०९) दिनमा १२ जनाको निधन भएको थियो । दोस्रो छालले तिब्र रुप लिएपछि स्वास्थ्यकर्मीको मृत्यु तीन गुणाले बढेको हो ।

सरकारी तथ्यांक अनुसार १० चिकित्सक र २६ जना अन्य स्वास्थ्यकर्मीको मृत्यु भएको छ । कोरोनाको दोस्रो छालमा मात्रै २४ जनाको मृत्यु भएको छ । पछिल्लो समय मृत्यु भएकाहरु कसैले पनि खोप लगाएका छैनन् ।

सरकारले गत भदौ देखि कोरोना विरुद्धको खोप सुरु गरेको थियो । उक्त बेला परिक्षणका लागि सरकारले खोप ल्याएको भन्दै धेरै चिकित्सकहरुले बिरोध स्वरुप खोप लगाएका थिएनन् ।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा समिर अधिकारीका अनुसार हाल सम्म ८ हजार ८०९ स्वास्थ्यकर्मी कोरोना संक्रमणमा परेका छन् । संक्रमित हुने २ हजार २९२ चिकित्सक छन् भने ६ हजार ५१७ जना अन्य स्वास्थ्यकर्मी छन् ।

नेपालमा ०७६ माघ ९ गते पहिलो कोरोना संक्रमित पुष्टि भएका थिए । त्यस यता निरन्तर संक्रमण देखिरहेको छ । हाल सम्म ३ लाख ६७ हजार २२ जना पुरुष र २ लाख ३४ हजार ६ सय ६५ जना महिला कोरोना संक्रमणमा परेका छन् ।

यस बिचमा ५ लाख १५ हजार ५९१ जना निको भएर घर फर्किसकेका छन् ।

 यस बिचमा ४ लाख ९७ हजार ९६० जना निको भएर घर गएका छन् । यो दर ८५ प्रतिशत हो । कोरोनाबाट ८ हजार २३४ जनाको मृत्यु भइसकेको छ । तर, यो संख्या भन्दा धेरै संक्रमितको मृत्यु भएको अनुमान स्वास्थ्य अधिकारीहरुको छ ।

मृत्यु भएका ९ जनाका परिवारले पाए रकम

सरकारले कोरोना संक्रमितको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीको निधन भएमा सरकारले २५ लाख रुपैयाँ दिने घोषणा अघिल्लो वर्ष गरेको थियो । सरकारको घोषणा पछि ३५ जनाको निधन भएको छ । एक जनाको भने घोषणा हुनु पूर्वनै निधन भएकोले उक्त रकम पाएनन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल सम्म ९ जनाका परिवारले २५ लाखका दरले रकम पाएका छन् । अन्यको हकमा कसैको पनि निवेदन मन्त्रालयमा नपरेको अधिकारीहरुले बताएका छन् ।

मृतकका परिवारले सबै प्रमाण सहित निवेदन दिएपछि स्वास्थ्य मन्त्रालयले रकमका लागि मन्त्री परिषद् पठाउने गरेको छ । तर, ९ जना बाहेक कसैको पनि निवेदन नपरेको स्वास्थ्य मन्त्रालय लेखा शाखाले जनाएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com