बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन शैदान्तिक सहमती दिने निेर्णय


काठमाडौं । पुर्वको झापामा रहेको प्रस्ताबित बिएण्डसी मेडिकल कलेजको सम्बन्धनका लागी शैदान्तिक सहमती दिने निेर्णय भएको छ । शुक्रबार चिकित्सा शिक्षा आयोगको बैठकले बिएण्डसी मेडिकल कलेजको सम्बन्धनका लागी शैदान्तिक सहमती दिने निेर्णय गरको हो।

पुर्वमा सुविधा सम्पन्न मेडिकल कलेज आवश्यक भएकाले सरकारले त्यसलाई अगाडी बढाउन लागेको हो । आयोगका एक उच्च अधिकारीका अनुसार मेडिकल कलेजहरुको सिट निर्धारण र सम्बन्धनको विषयलाई लिएर अहिले पनि छलफल जारी छ । तथापी बिएण्डसी मेडिकल कलेजको सम्बन्धन दिन सबै एक मत भएका छन् ।

बिएण्डसीमा क्याथल्याब सेवा सञ्चालन, मुटु प्रत्यारोपणको तयारी | Nagarik News - Nepal Republic Media

यता मेडिकल कलेज खोल्न हुदैन भन्ने केही व्यक्तिहरुले राजधानी काठमाडौैंमा बिरोध गर्दै आएका छन् । बिएण्डसी मेडिकल कलेजले पूर्णरुपमा अस्पताल चलाएको छ । कोरोनाको समयमा सुदुरपश्चिम देखि समेत बिएण्डसी मेडिकल कलेज विरामी सेवा लिन पुगेका थिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com