६ करोड लगानीमा विराटनर्सिङ होमद्धारा अत्याधुनिक मोडुलर आईसियु संचालन


विराटनगर । विराटनर्सिङ होमले पूर्वान्चलमै सुविधा सम्पन्न मोडुलर आइसियु संचालनमा ल्याएको छ । कोरोना भाइरस संक्रमितको उपचारलाई लक्षित गरेर विराटनर्सिङ होमले १४ शैय्याको अत्याधुनिक मोडुलर आईसियु संचालनमा ल्याएको संचालक डा ज्ञानेन्द्रमानसिंह कार्कीले बताए ।

डा कार्कीका अनुसार ११ बेडको न्यूरो सर्जिकल आईसियु समेत सञ्चालनमा ल्याएको छ । करिब ६ करोड रुपैयाँ लागतमा विराटनर्सिङ होमले १४ वटा मोडुलर आईसियु, ११ वेड न्यूरो सर्जिकल आईसियु गरी २५ वेड नयाँ आइसियु थप गरेको हो । यस अगाडी २६ शैय्या आइसियु संचालनमा थियो ।

मोडुलर आईसियुमा संक्रमणको दर अत्यन्तै न्यून रहने, संक्रमित रोग भएका बिरामीलाई अन्य बिरामीसँग छुटाएर राख्न ४ वटा बेड रहेको पूर्वी नेपालकै पहिलो मोडुलर आईसियु बनेको छ । बिरामीलाई घरबाटै आफन्तहरुले निगरानी गर्न सकिने कम्प्युटराइज व्यवस्था गरिएको छ । डा कार्कीले पुर्वमा गरिब विपन्न नागरिक केन्द्रित स्वास्थ्य उपचार सेवा दिदै आएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com