अमेरिका नेपाल मेडिकल फाउन्डेसनद्वारा ५० भेन्टिलेटर सहयोग


काठमाडौं । अमेरिका नेपाल मेडिकल फाउन्डेसन,गार्जियन हेल्थ सिस्टम र राष्ट्रिय आविष्कार केन्द्रले ५० वटा भेन्टिलेटर विभिन्न  नाैं अस्पताललाई हस्तान्तण गरेको छ।

स्वास्थ्य मन्त्रालयकाे राेहवरमा ६ कराेड मुल्यका ५० भेन्टिलेटर स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ मार्फत अस्पतालमा वितरण गरिएकाे छ ।

अमेरिका नेपाल मेडिकल फाउन्डेसनका अध्यक्ष डाक्टर भुपेन्द्र कुमार बस्नेतले ६ कराेड बढि मुल्यका सामग्री वितरण गरेकाे बताए ।

बस्नेतका अनुसार भेन्टिलेटर वीर अस्पतालमा १०, सिभिल अस्पताललाई ५ , बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५, लुम्बिनी प्रादेशिक अस्पताललाई ५ , टीकापुर अस्पताललाई ५, मेची अस्पताल भरतपुरलाई ५ , नारायणी अस्पताल वीरगन्जलाई ५ , पोखरा स्वास्थ्य विज्ञान अस्पताललाई ५  र त्रिसुली अस्पतालाई ५ वटा वितरण भाग लगाईएकाे छ ।

राष्ट्रिय आविष्कार केन्द्रले प्रयाेग गर्दा बिग्रेमा निशुल्क मर्मत गर्ने जनाएको छ । तर, कुनै पनि अस्पतालमा संचालन नभएमा अर्काे अस्पतालमा पठाउने सहमति अस्पताल समक्ष गरिएकाे छ ।

अमेरिका नेपाल मेडिकल फाउन्डेसनले यश अगाडि पनि आइसाेलेसन सेन्टर, विभिन्न स्वस्थ्य सामग्री हस्तान्तरण गर्दै आएकाे थियाे । जुन अहिले पनि जारी छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com