अल्का अस्पतालमा क्रिटिकल केयरमा आधारित आइसियु सवा सुरु


ललितपुर  । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले क्रिटिकल केयरमा आधारित आइसियु सेवा सुरु गरेको छ। अल्का अस्पतालमा कोभिड र नन कोभिड गरी २१ वटा आइसियु बेड छ।

क्रिटिकल केयर विज्ञ डाक्टर जेन्टल सुन्दर श्रेष्ठको नेतृत्वमा क्रिटिकल केयरमा आधारित आइसियु सेवा सुरु गरिएको हो। क्रिटिकल केयरमा आधारित आइसियु सेवामा सम्बन्धित विषयका चिकित्सकबाट बिरामीको राउण्ड गरिन्छ भने एक जना क्रिटिकल बिज्ञ आइसियुमा नै खटेर विरामीको उपचार हुन्छ।

सिकिस्त बिरामी भएर आइसियु भर्ना हुने बिरामीका लागि सम्बन्धित रोगको उपचारका साथै आवश्यक हुने श्वास प्रश्वास ब्यवस्थापन, भेन्टिलेर सेवा, फ्लुइड ब्यानेजमेन्ट लगायतका सेवाहरु विज्ञ डाक्टरबाट प्रदान गरिन्छ।

क्रिटिकल केयरमा आधारित आइसियु सेवा सुरु भएपछि सिकिस्त विरामीहरुलाई अरु अस्पतालहरुले विरामी रिफर गर्न सक्नेछन। क्रिटिकल केयरमा आधारित आइसियु सेवा सुरु भएपछि अल्का अस्पतालले आफ्नो अस्पताल एउटा रिफरल सेन्टरका रुपमा स्थापित हुने विश्वास लिएको सिओओ दीपेन्द्र पोखरेलले बताए ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com