भारतमा पुष्टि भएको कोरोनाको नयाँ म्युटेसन नेपालमा पनी देखियो, तेस्रो छालको आशंका


काठमाडौं । केही समय अगाडी भारतमा पुष्टि भएको कोरोना भाइरसको नयाँ म्युटेसन नेपालमा पनि देखिएको छ । जुन २ तारिकमा बेलायतको एक पत्रिकाले निकै खतर्नाक नेपाली भेरियन्ट देखिएको भन्दै समाचार लेखेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २६ वैशाख देखि २० जेठसम्म देशभरबाट विभिन्न उमेर समुहको सङ्कलित नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनोट गरी ४८ वटा नमुना विश्व स्वास्थ्य सङ्गठन नयाँ दिल्लीमा रहेको आईजीआईबीमा सिक्वेन्सिङका लागि जेठ २६ गते पठाइएको थियो ।

सो नमुनाको जिनोमिक पहिचान गर्दा ४७ जमुनामा डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएको र एउटा नमुनामा अल्फा भेरियन्ट (बी.१.१.७) पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

May be an image of text

यस्तै, ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये नौ वटामा थप उत्परिवर्तन ‘के ४१७एन म्युटेसन’ भेटिएको स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा समिर अधिकारीले बताए । उक्त नयाँ भेरिएन्टलाई एवाई.१ नाम दिइएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म यो म्युटेसन नेपालसहित विश्वका १० भन्दा धेरै देशमा पुष्टि भएको छ । यी पुष्टि भएका भेरियन्ट बढी संक्रामक र सबै उमेर समुहका व्यक्तिहरुमा असर पार्ने अध्ययनहरुले देखाएको मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना भाइरस संक्रमण ०६७ माघ ९ गते नेपालमा पुष्टि भएको थियो । तीन सय भन्दा बढी दिन पहिलो छाल चलेको थियो । त्यस्तै दोस्रो छालमा भाइरसले रुप परिवर्तन गरेको थियो । सुरुमा अल्फा (बी १.१.७) र डेल्टा (बी.१.६.१७.२) भेरीएन्ट थिए । यी दुई भाइरसका कारण भारत र नेपालमा ठुलो क्षती भएको थियो । चित्सिकहरुका अनुसार यी दुवै भाइरस बढी संक्रामक र घातक छन् ।

दुई वटा भाइरसको बीचमा पुन नयाँ काप्पा (बी.१६१.७.१) भेरीएन्ट पुष्टि भएको छ । हालै नेपालमा पुष्टि भएको काप्पा नयाँ हो । यो भारतबाट देखिन सुरु भएको छ । मन्त्रालयका सह प्रवक्ता डा अधिकारी भन्छन्, ती तिनवटै भाइरस बढी संक्रामक देखिएका छन् । त्यसैले सबैले जनस्वास्थ्यको मापदण्ड पालना गर्न आवश्यक छ ।

स्वास्थ्यकर्मीहरुले भारतमा देखिएको नयाँ भेरीएन्ट काप्पालाई कोरोना महामारीको तेस्रो छालका रुपमा हेरेका छन् । यस अगाडी डेल्टाको समयमा पनि यस्तै अवस्था थियो । टेकु अस्पतालका सरुवारोग विज्ञ डा शेरबहादुर पुनका अनुसार काप्पाको संक्रमण र असरबारे अध्ययन जारी भएकाले सबै भन्न सक्ने अवस्था रहदैन । डा पुन भन्छन् काप्पा नै नेपालका लागि तेस्रो महामारी हुन सक्छ । तिब्र गतिमा फैलने भएकाले काप्पाले कोरोनाको तेस्रो चाल चलाउन सक्नेछन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com