तेश्राे छालकाे तयारी थाल्न निर्देशन अरबाै रकम विनियाेजन


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे जिम्मेवारी सम्हाल्न शिक्षा मन्त्री कृष्ण गाेपाल श्रेष्ठ दिउसाे 12 बजे स्वास्थ्य मन्त्रालय आउदैछन् । तत्कालीन स्वास्थ्य मन्त्री शेरबहादुर तामाङकाे पद गुमेपछि श्रेष्ठले स्वास्थ्य मन्त्रालयकाे पनि जिम्मेवारी सम्हाल्ने भएका हुन् ।

नयाँ स्वास्थ्य मन्त्रीकाे पहिलाे निर्णय निकै चासाेकाे विषय बन्ने गरेकाे छ । शुक्रबार कृष्ण गाेपाल श्रेष्ठले के निर्णय गर्लान ? स्वास्थ्य मन्त्रालयका अनुसार उनले तेश्राे छालकाे तयारीकाे निर्णय गर्नेछन् । विज्ञहरूले तेश्राे छाल बालबालिका केन्द्रत हुने अनुमान गरेका छन् । साेही अनुमानका आधारमा सरकारले पुर्वतयारी थालेकाे छ ।

33 कराेड रुपैयाँमा 22 अस्पतालमा बालबालिका केन्द्रित 275 शैय्या पिआईसियु र एनआईसियु थपिनेछन् । त्यस्तै अक्सिजन प्लान्ट, अक्सिजन ट्याङक, आईसियु,भेन्टिलेटरकाे तत्काल मर्मत गरेर राख्ने विषयमा पनि निर्णय हुनेछ ।
अरबाै रकम अस्पतालहरुमा गएकाे छ । साे रकमबाटै तत्काल काम थाल्ने र बाकी रकम मन्त्रालयबाट पठाउने निर्णय पत्रमा छ ।              कहाँ कहाँ कति बन्दैछ वेड                                                     

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com