अपारदर्शी ढंगले कर्णालीको रजिष्ट्रारमा एमाले कार्यकर्ता नियुक्त


काठमाडौं । सरकारले ब्याक डेटमा निर्णय गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा एमाले कार्यकर्ता नियुक्त गरेको रहस्य खुलेको छ ।
युवा संघमा आबद्ध निपेन्द्र महतलाई सर्वोच्चले हटाएका स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबाहदुर तामाङले हटिसकेपछि पदमा रहँदैको मिति राखेर कर्णालीको रजिष्ट्रारमा नियुक्ति गरेको तथ्य खुलेको हो ।
स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुका अनुसार असार ३ मा नियुक्ति गर्ने निर्णय गरेर १० गते चिठी तयार भएको हो तर दर्ता नभएको चिठी एक्कासी कहाँबाट कसरी आयो यो आफैमा आश्चर्यको विषय भएको ति अधिकारीहरुको भनाई छ ।
‘जेठ २४ गते रजिष्ट्रार सिफारिस गर्दा डा . रविन खड्का १ नम्बरमा रमेश भट्टराई २ नम्बर र नृपेन्द्र महत ३ नम्बरमा सिफारिस भएको देखिन्छ।’, स्वास्थ्य मन्त्रालयका ती अधिकारीले भने, ‘महत ३ नम्बरमा रहेका महतलाई मन्त्री हटिसकेको अवस्थामा पुरानो मिति राखेर अपारदर्शी ढंगले नियुक्ति गर्दा संस्था धराशायी हुने सम्भावना रहन्छ, यो आपत्ति जनाउने विषय हो ।’, कानूनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारको नियुक्ति उपकुलपतिको सिफारिसमा सहकुलपतिले गर्ने व्यवस्था छ ।
नेकपा एमालेको भातृ संगठन युवा संघका पूर्व उपाध्यक्ष महतलाई अदालतको फैसलाबाट अपदस्थ मन्त्री शेरबहादुर तामाङले ४ वर्षका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार बनाएका हुन् ।

प्राज्ञिक संस्थालाई राजनीतिक कार्यकर्ता भर्तीकेन्द्र बनाइएको भन्दै मन्त्रालयका उच्च अधिकारीहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com