स्वास्थ्यमा प्राविधिक सचिव बनाउने बाटो खुल्यो



काठमाडौं  । लोकसेवा आयोगले पूर्णता पाएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्यको ( प्राविधिक ) सचिव बनाउने बाटो खुला भएको छ ।
स्वास्थ्य सचिवका लागि बाह्रौ तहका डा. रोशन पोखरेल र दीपेन्द्ररमण सिंहबीच तीब्र प्रतिस्पर्धा छ ।
लोकसेवा आयोगमा पदाधिकारी रिक्त भएपछि स्वास्थ्यमा प्राविधिक सचिव बढुवा गर्ने बाटो छेकिएको थियो । तर संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीसहितका पदाधिकारी नियुक्ति भएसँगै बढुवा प्रक्रिया अगाडि बढेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीका अनुसार स्वास्थ्य मन्त्रालयमा प्राविधिक सचिव बनाउन पुन : कागजपत्र तयार पारेर मुख्य सचिव समक्ष पठाएको छ । यस अगाडी पनि सचिव सिफारिस गर्न बैठक बसेको थियो तर स्वास्थ्यमा प्राविधिक सचिवको दरबन्दी नभेटिएको भन्दै सिफारिस नगरी बैठक स्थगित भएको थियो । त्यसपछि करिब तीन महिना लोकसेवा आयोग पदाधिकारी बिहीन बन्यो । लोकसेवा आयोगमा अध्यक्षसहितका पाँचै जना पदाधिकारी नियुक्त भएपछि अहिले पुन : स्वास्थ्यमा प्राविधिक सचिव बढुवा गर्ने प्रक्रिया अगाडि बढाइएको हो ।
सिफारिस समितिले वरिष्ठताका आधारमा सचिव बढुवाको मापदण्ड लागू गऱ्यो सरकारले एक नम्बरमा रहेका पोखरेललाई सचिवमा बढुवा गर्छ । अन्य आधारमा सिफारिस भयो भने पोखरेल र सिंहमध्ये एक जना स्वास्थ्य सचिवमा बढुवा हुनेछन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com