वीर अस्पतालमा सह सचिवको दरबन्दी थपिने


काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा सह सचिवको दरबन्दी थपिने भएको छ । हाल उप सचिवको मात्रै दरबन्दी रहेको छ । सामान्य प्रशासन मन्त्रालयका अनुसार वीर अस्पतालको प्रशासनमा सह सचिवको दरबन्दी थप गर्ने निर्णय सहितको फायल छलफलमा छ । मन्त्रालय स्रोतका अनुसार बिहिवार मन्त्री परिषद् बैठक बसे प्रस्ताव पेश गरिने छ ।

त्यस्तै १२ तह प्रमुख विशेषज्ञको समेत दरबन्दी राखिएको छ । स्रोतले भन्यो सह सचिवको दरबन्दी थप गरिएको छ, तर, १२ तहको हकमा भने स्वास्थ्य मन्त्रालयले चाहेको बेलामा पठाउँन सक्ने व्यवस्था गरिएको छ । नयाँ दरबन्दी थप गर्ने विषयमा विवाद भएपछि फेरी सच्याइएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com